सुर्खेत । लोपन्मुख समुदाय राउटे बस्तीमा नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनले बर्षभरी पुग्ने मञ्जन र ब्रस दिने भएको छ ।
शनिबार राउटे बस्तीमा पुगेर नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनले दाँत माझ्ने तरिकाको बारेमा सचेतना दिँदै मञ्जन र ब्रस वितरण गरेर बर्षभरी पुग्ने दाँत माझ्ने सामाग्री प्रदान गर्ने बताएको छ ।
हाल सुर्खेत बराहाताल गाउँपालिकाको रानिघाटमा रहेको राउटे बस्तीमा पुगेर एसोसिएसनका केन्द्रिय अध्यक्ष माइकल देबकोटाले दाँत माझ्ने तरिकाको बारेमा जानकारी दिएका थिए । राउटे समुदायलाई दन्त सम्बन्धि रोगबाट सुरक्षित राख्नको लागि दाँत माझ्ने सामाग्रीहरु हस्तान्तरण गरिएको बताउँँदै अध्यक्ष देबकोटाले भने, “हामीले डेमो गरेर ब्रस गर्न सिकाएका छौ । बार्षिक कति ब्रस र मञ्जन चाहिन्छ हामी उपलब्ध गराउँछौ ।” राउटे समुदायको स्वास्थ्यलाई मध्यनजर गर्दै दाँत माझ्ने समाग्री उपलब्ध गराएकोमा धन्यवाद दिँदै राउटे मुखिया सूर्यनारायण शाहीले पनि सबैलाई नियमित ब्रस गर्न अनुरोध गरेका छन् ।
यस्तै शनिबार नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन कर्णाली प्रदेशको पहिलो साधारणसभा पनि सम्पन्न भएको छ । सुर्खेतमा सम्पन्न भएको साधारणसभामा संस्थाका विभिन्न गतिबिधिका बारेमा छलफल भएको कर्णाली प्रदेश अध्यक्ष किरण बिसीले जानकारी दिएका छन् ।
कार्यक्रममा प्रमुख अथिती जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेश भक्त गौतम, विशिष्ट अथिती नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसियसनका केन्द्रिय अध्यक्ष माइकल देबकोटा लगायतका संस्थाका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।
संवाददाता । आइतबार, मङि्सर १६, २०८१ मा प्रकाशित