कञ्चनपुर । बेलडाँडी गाउँपालिका–५ स्थित किसान मध्यवर्ती सामुदायिक वनमा आज पाटेबाघ मृत फेला परेको छ । सडेगलेको अवस्थामा बाघ फेला परेको हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार मृत भेटिएको भाले बाघ करिब १३ वर्ष उमेरको रहेको छ । “अनुसन्धान गर्दा बाघ बुढो भएकाले प्राकृतिक कारणले मरेको पाइएको छ,” उहाँले भन्नुभयो ।
खरमा आगो लाग्दा बाघको शरिरको आधा भाग जलेको उहाँले बताउनुभयो । झाडीमा बाघ मृत देखेपछि वन हेरालुले मध्यवर्ती समितिलाई जानकारी गराएको थियो । समितिले निकुञ्जलाई त्यसबारे खबर गरेको सूचना अधिकारी वाग्लेले बताउनुभयो ।
संवाददाता । आइतबार, माघ २०, २०८१ मा प्रकाशित