दैलेख । दैलेखको ठाटिकांध गाउँपालिका स्थित प्राथमिक स्वास्थ्य सेवा केन्द्र, लकान्द्रामा फागुन १६ र १७ गते निःशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ। सुर्खेत हस्पिटल प्रा. लि. सुर्खेतको प्राविधिक सहयोगमा आयोजित शिविरमा ८३० जना बिरामीले विशेषज्ञ सेवा लिएका थिए।
शिविर बहुउद्देश्यीय सामुदायिक सेवा केन्द्र (MCDS) शाखा कार्यालय ठाटिकांध दैलेखको मुख्य समन्वयमा तथा ठाटिकांध गाउँपालिका कार्यालय र प्राथमिक स्वास्थ्य सेवा केन्द्र, लकान्द्राको आयोजनामा सम्पन्न भएको हो।
शिविरमा हाडजोर्नी विशेषज्ञ डा. पदम गिरी, स्त्रीरोग विशेषज्ञ डा. धर्मराज रेग्मी, डा. जितेन्द्र तामाङ, र डा. मनोज शाहले बिरामीलाई सेवा प्रदान गरेका थिए।

शिविर उद्घाटन कार्यक्रममा ठाटिकांध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी प्रसाद उपाध्याय, वडा नं. ६ का वडा अध्यक्ष जोरा सिंह रोकाय, तथा वडा नं. १ का वडा अध्यक्ष चक्र कामीको उपस्थिति रहेको थियो।
संवाददाता । सोमबार, फागुन १९, २०८१ मा प्रकाशित