कर्णाली । कर्णाली प्रदेश अस्पताल सुर्खेतले हालसम्म छ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रदेश अस्पतालबीच विसं २०७८ चैत २० गते सम्झौता भएयता छ जनाको प्रत्यारोपण गरिएको हो ।
कर्णाली प्रदेश अस्पतालले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा निर्देशक डा केशर ढकालले सम्झौता भएदेयही फागुन १९ गतेसम्म छ जनाको मिर्गौला प्रत्यारोपण गरिएको जानकारी दिनुभयो ।

उहाँले प्रत्यारोपण कार्यलाई नियमित र यस कार्यमा अस्पताललाई प्रभावकारी बनाउन अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकहरूको क्षमता अभिवृद्धिमा जोड दिइने बताउनुभयो । “प्रत्यारोपण केन्द्रले यसको नियमित सेवा सुरु गर्न प्राविधिक सहयोग गरेको छ । मुटुरोग निदान तथा उपचारका लागि क्याथल्याब सेवाको परीक्षण सम्पन्न भइसकेको हुँदा नियमित सेवा सञ्चालनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट कार्डियोलोजिष्ट खटाइएको छ । अब यहाँ रहेका जनशक्तिको दक्षता अभिवृद्धिका लागि केन्द्रमा तालिम गर्न पठाउने योजना बनाइरहेका छौँै”, उहाँले भन्नुभयो ।
निर्देशक ढकालका अनुसार प्रदेश अस्पतालमा क्यान्सर रोग उपचारका लागि अङ्कोलोजी, जलन ९पोलिएको० रोग उपचार तथा शल्यक्रिया सेवा सञ्चालन हुनाका साथै अब चाँडै न्यूरोलोजी सेवा पनि सञ्चालन हुनेछ ।
संवाददाता । मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित