वीरेन्द्रनगर । इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई–नेपाल शिर्ष दश इन्टरनेट सेवा प्रदायकमा परेको छ ।
सस्तोमा स्पिड इन्टरनेट प्रदान गरिरहेको वाईफाई–नेपाल ६२ हजार २ सय ७१ ग्राहक संख्या सहित शिर्ष दशमा परेको हो । सबै नेपालीलाई सहुलियतपूर्ण इन्टरनेटको पहुँचमा पु¥याउने उद्देश्यसहित वाईफाई–नेपालले देशका विभिन्न स्थानमा इन्टरनेट प्याकेज प्रदान गरिरहेको कम्पनीले जनाएको छ।

यस्तै वाईफाई नेपाल नयाँ ग्राहक बनाउनेमा चौथो स्थानमा पुगेको छ । पछिल्लो एक बर्षमा ३७ हजार ४ सय ७४ नयाँ प्रयोगकर्ताले वाईफाई नेपालको इन्टरनेट जडान गरेका छन् ।
संवाददाता । मङ्गलबार, चैत १२, २०८१ मा प्रकाशित