काठमाडौँ । लागलागि भएको घरमा जलेर पत्रकार सुरेश रजकको मृत्यु भएको छ ।
काठमाडौँको तीनकुनेस्थित राजावादीले गरेको आगजनीमा परेर फोटो पत्रकार सुरेश रजकको मृत्यु भएको उनका सहकर्मीले बताए ।
उनी एभिन्यूज टेलिभिजनमा कार्यरत थिए । उनी सो भवनको छतबाट आन्दोलनका दृश्य खिची रहेका थिए ।

राजावादीहरूले उग्र प्रदर्शनका क्रममा सो घरमा प्रहरी बसेको भन्दै आगो लगाएका थिए ।सोही क्रममा जिउँदै जलेर फोटो पत्रकार सुरेश रजकको मृत्यु भएको हो ।
तर प्रहरीले औपचारिक रुपमा उनको विस्तृत विवरण खुलाउन मानेको छैन ।उक्त भवनमा आगो लगाइएपछि रजकको शव नचिनिने अवस्थामा भेटिएको हो ।
संवाददाता । शुक्रबार, चैत १५, २०८१ मा प्रकाशित