वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरमा गुणस्तरीय निर्माण सामग्री जाँचका लागि आधुनिक ल्याब सञ्चालनमा आएको छ । कर्णाली मेगा इन्जिनियरिङ्ग ल्याबोरेटरी प्रा.लि.ले सुविधा सम्पन्न ल्याब सञ्चालनमा ल्याएको हो ।
नयाँ बर्षको अवसरमा आज कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीबाट उक्त ल्याबको औपचारिक उद्घाटन गरिएको छ । प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री भण्डारीले निमार्ण सामाग्रीको गुणस्तर जाँचमा यो ल्याबले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।
कर्णाली मेगा इन्जिनियरिङ्ग ल्याबोरेटरी प्रा.लि. कर्णाली प्रदेशमै पहिलो पटक नीजी लगानीमा सञ्चालन गरिएको थियो ।
यो ल्याब वीरेन्द्रनगर–४ कालागाउँ, मुलपानी गतिशील टोलमा अवस्थित छ । यहाँबाट निर्माण सामग्रीहरु (बालुवा, माटो, ढुङ्गा, सिमेन्ट लगायतका निमार्ण सामाग्री) को गुणस्तर परीक्षण गरिन्छ । सुविधा सम्पन्न ल्याव संचालनमा आएसंगै आगामी दिनमा कर्णाली प्रदेशमा अझ गुणस्तरीय निर्माण कार्य सुनिश्चित गर्ने विश्वास लिइएको छ ।

कार्यक्रममा बोल्दै कर्णाली मेगा इन्जिनियरिङ्ग ल्याबोरेटरी प्रा.लि.का सञ्चालक इञ्जिनियर भरत प्रसाद शर्माले कम्पनीले अझ बढी प्राविधिक क्षमता र सेवाको विश्वसनीयता बढाउँदै जाने बताएका छन् ।
संवाददाता । सोमबार, बैशाख ०१, २०८२ मा प्रकाशित