Karnali Media
२०८३ असार २ , मंगलबार

जाजरकोटको कारागारभित्रै झुण्डिएको अवस्थामा मृत भेटिए थुनुवा



जाजरकोट । जिल्ला कारागार, जाजरकोटमा रहेका एक जना थुनुवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

आइतबार बिहान जाजरकोटको भेरी नगरपालिका-१० का २६ वर्षीय दीपक बुढा कारागारभित्रै मृत अवस्थामा फेला परेको जाजरकोटले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, मृत भेटिएका थुनुवा जबरजस्ती करणीको आरोपमा पुर्पक्षका लागि थुनामा थिए ।


अदालतबाट उनीविरुद्धको मुद्दामा फैसला हुन बाँकी छ ।

प्रकाशित मिति : २०८२ वैशाख २८ गते आइतबार