जाजरकोट । जिल्ला कारागार, जाजरकोटमा रहेका एक जना थुनुवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
आइतबार बिहान जाजरकोटको भेरी नगरपालिका-१० का २६ वर्षीय दीपक बुढा कारागारभित्रै मृत अवस्थामा फेला परेको जाजरकोटले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, मृत भेटिएका थुनुवा जबरजस्ती करणीको आरोपमा पुर्पक्षका लागि थुनामा थिए ।

अदालतबाट उनीविरुद्धको मुद्दामा फैसला हुन बाँकी छ ।
संवाददाता । आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित