भारत-पाकिस्तानबीचको तनावका कारण एक साताका लागि स्थगित गरिएको इण्डियन प्रिमियर लिग ९आईपीएल० आजदेखि पुनः सुरु हुँदैछ । बीसीसीआईको आकस्मिक बैठकले अघिल्लो शुक्रबार प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको थियो । स्थगनअघि बिहीबारको खेलसमेत बीचमै रोकिएको थियो ।
आजको पुनः सुरु खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्स आमनेसामने हुँदैछन् । खेल बेलुकी ७स्४५ बजे बेंगलुरुस्थित एम चिन्नास्वामी रंगशालामा सुरु हुनेछ । आईपीएलको प्लेअफ दौड रोमाञ्चक मोडमा पुगेको छ। हालसम्म तीन टिम प्लेअफ होडबाट बाहिरिइसकेका छन् । बाँकी ७ टिममध्ये गुजरात टाइटन्स, बेंगलुरु र पञ्जाब किङ्स बलियो स्थितिमा देखिएका छन् भने कोलकाता र लखनउको सम्भावना न्यून रहँदै गएको छ ।

आजको खेल बेंगलुरुका लागि निकै महत्त्वपूर्ण छ । जित हात पार्न सकेमा बेंगलुरु प्लेअफ पुग्ने पहिलो टिम बन्नेछ । अर्कोतर्फ, हारले कोलकाताको यात्रा प्लेअफसम्म नपुग्दै अन्त्य हुनेछ । यदि कोलकाताले जित्न सकेमा भने प्लेअफको झिनो आशा कायमै रहनेछ ।
हाल अंक तालिकामा गुजरात टाइटन्स र बेंगलुरु दुवै ११ खेलबाट १६ अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । पञ्जाब किङ्स १५ अंकसहित तेस्रो स्थानमा रहेको छ भने मुम्बई १२ खेलमा १४ अंकसहित चौथो स्थानमा छ। दिल्ली १३ अंकसहित पाँचौं स्थानमा रहेको छ भने कोलकाता र लखनउ क्रमशः ११ र १० अंकसहित छैटौं र सातौं स्थानमा छन् । हैदराबाद, राजस्थान र चेन्नई भने प्लेअफ दौडबाट लगभग बाहिर भइसकेका छन् ।
संवाददाता । शनिबार, जेठ ०३, २०८२ मा प्रकाशित