सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एमालेबाट मेयर र उपमेयरका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । मेयरका उम्मेदवार तथा निवर्तमान उपमेयर मोहनमाया ढकाल र उपमेयरका उम्मेदवार निलकण्ठ खनालले सोमबार उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ताका लागि उनीहरु दलबल, बाजागाजासहित वीरेन्द्रनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।
मेयर पदमा उम्मेदवारी दर्ता गर्दै ढकालले भनिन्, ‘पाँच वर्षको कार्यकालमा सुरुवात गरेका कार्यलाई पूर्णता दिन पनि मेरो उम्मेदवारी हो । प्रदेश राजधानीको विकास र समृद्धिका लागि म कटिबद्ध छु ।’
संवाददाता । सोमबार, बैशाख १२, २०७९ मा प्रकाशित