Karnali Media
२०८३ कात्तिक २ , आइतबार

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा



काठमाडौं । आगामी भदौ २२ गते सोमबार बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिइएको छ।

बागमती प्रदेश सरकारले चेपाङ जातिले मनाउने न्वागी ९छोनाम० पर्वको अवसरमा चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिएको हो।


प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा प्रकाशित सूचना बमोजिम नै तीन जिल्लामा बिदा दिइएको उल्लेख गरेको छ।
योसँगै तीन जिल्लामा लगातार चार दिन बिदा हुने भएको छ।

शुक्रबार कृष्ण जन्माष्ठमीको बिदाका कारण देशैभर लगातार तीन दिन बिदा परेको छ।

प्रकाशित मिति : २०८३ भदौ १८ गते बिहीबार