दैलेख । स्थानिय तहको निर्वाचन २०७९ सम्पन्न पश्चात विश्व हिन्दु महासंघ दैलेखले धार्मिक पुरातात्त्विक दुल्लुको विगत, वर्तमान अवस्था र भविष्यबारे विचार गोष्ठि दुल्लुमा सम्पन्न गरेको छ ।
विश्व हिन्दु महासंघको आयोजनामा दुल्लु स्थित विजया माध्यामिक विद्यालयमा भएको उक्त विचार गोष्ठिमा विभिन्न इतिहास विद लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्राध्यापक डा. शुरेन्द्र केसीले पुर्खाले दुःख गरि आर्जेको इतिहास हामिले संरक्षण गर्न नसक्दा इतिहास सकिएको साथै कुरामात्र गर्नुभन्दा काम गर्नु ठुलो हुने भन्दै आजको आवश्यकता समेत भएको बताउनुभयो ।
विश्व हिन्दु महासंघ कर्णाली प्रदेशका अध्यक्ष ऋषिकेश जंग शाहले दृुल्लुमा प्राचिन सभ्यताको इतिहास भएको र त्यसलाई चिन्न नसक्दा पहिचान लोप हुन लागेको बताउनुभयो । उहाँले दुल्लुक्षेत्रको इतिहास व्यापक भएको भन्दै त्यसको संरक्षणको लागी आफैले आफैलाई चिन्न सक्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विजया माविका प्राचार्य केशव भण्डारी लगाएत विभिन्न व्यक्तीहरुले आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
नाविस्थान मन्दिर मा रहेको श्री पञ्चकोशी वेदविद्याश्रमका बाल बटुकहरु द्धारा स्वस्तिवाचन बाट सुरुवात गरिएको कार्यक्रम विश्व हिन्दु महासंघ दैलेखका अध्यक्ष दामोदर उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो । साथै पर्यटन विकास केन्द्र दैलेखका अध्यक्ष गणेश उपाध्यायले सञ्चलान गर्नुभएको थियो ।
संवाददाता । मङ्गलबार, जेठ १७, २०७९ मा प्रकाशित