Karnali Media
२०८३ असोज ३ , शनिबार

स्वः राजा वीरेन्द्रको शालिक राख्न खोज्दा नेपालगञ्जमा तनाव



बाँकेको नेपालगञ्ज अहिले तनाव ग्रस्त भएको छ। स्वः राज वीरेन्द्र शाहको शालिक राख् खोज्दा प्रहरी प्रशासनले हस्तक्षेप गरेपछि तनाव उत्पन्न भएको हो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहारसमेत गरेको छ । २०६२/६३ को जनआन्दोलनमा धम्बोजी चोकस्थित वीरेन्द्रको शालिक तोडफोड गरेर त्यँहा नेपालको झण्डा राखिएको थियो ।


दरबार हत्याकाण्डको दिनको सन्दर्भमा उक्त स्थानमा आज वीरेन्द्रको शालिक राख्न खोजिएको हो । केही स्वतन्त्र अभियन्ता, राष्ट्रवादी युवा समुह र राप्रपाका नेता कार्यकर्ताहरुले आज वीरेन्द्रको शालिक राख्न खोजेका थिए ।

प्रकाशित मिति : २०७९ जेठ १९ गते बिहीबार