Karnali Media
२०८३ असार २ , मंगलबार

४ दिनदेखि वीरेन्द्रनगरबाट सम्पर्कविहिन बालक स्वयम्भूमा भेटिए



सुर्खेत । वीरेन्द्रनगरबाट एक बालक चार दिनदेखि सम्पर्कविहिन भएका थिए । सम्पर्कविहिन भएका दूल्लु नगरपालिका वडा नं ५ निवासी, हाल वीरेन्द्रनगर-१, धारापानी, फुलवारी टोलमा बस्दै आएका १४ वर्षिया बालक पारस पोख्रेल आज काठमाडौंको स्वयम्भूमा फेला परेका छन । स्वयम्भूमा हिडिरहेको अवस्थामा एकजना व्यावसायिकले भेटेर आफैसङ्ग राखी आज दिउँसो बालकका बुबालाई खबर गरेका हुन ।

बुधवार विहान करिव १२ बजे विद्यालयमा नाम लेखाउन जान्छु भनि निस्किएका बालक सम्पर्क विहिन भएका थिए ।


प्रकाशित मिति : २०७९ जेठ २२ गते आइतबार