सुर्खेत । कर्णाली प्रदेशमा चलचित्र कार्यशाला २०७९ को आयोजना गरिने भएको छ । आगामी असार ११ गतेदेखि १७ गतेसम्म प्रदेश राजधानी वीरेन्द्रनगरमा केबी इन्टरटेनमेन्ट एन्ड गू्रव प्रा.लिको आयोजनामा उक्त कार्यशाला हुन लागेको हो ।
फिल्म कम्पनीले सोमबार पत्रकार सम्मेलन गर्दै कर्णालीको भौगोलिक सुन्दरता, सांस्कृतिक विविधता, जनजीवनको कथालाई चलचित्रमा ल्याउने उद्देश्यसहित कार्यशालाको आयोजना गरिएको बताएको छ । त्यसका लागि प्रदेशमै दक्ष चलचित्रकर्मी जन्माउन आवाश्यक छ, केबी इन्टरटेनमेन्टका अध्यक्ष भूपेन्द्रकुमार खड्काले भने,‘केन्द्रबाट सिनेकर्मीले यहाँको समस्यालाई मात्र हेर्ने गरेका छन् । विविध स्रोत, साधन हुँदा हुँदैपनि कर्णाली चलचित्र निर्माणमा पछाडी परेको हो ।’
खड्काले यहाँको बास्तविकतालाई यहीकै सिनेकर्मीहरुले राम्ररी बुझेर सिनेमामा उतार्न सक्ने भएकाले कार्यशालाको आयोजना गरिएको बताए । प्रदेशकै चलचित्रकर्मीले मात्र कर्णालीको जनजीवनका कथामा उतार्न सक्ने र विश्वमा कर्णालीको अवस्था, संस्कृतिलाई पुर्याउन यसले टेवा पुग्ने छ,’उनले भने।

एक साता कार्यशालामा चलचित्र प्रोडक्सनलाई बढी महत्व दिइने आयोजनकले बताएको छ । प्रि प्रोडक्सन, प्रोडक्सन र पोष्ट प्रोडक्सन अन्तर्गत चलचित्रबारे अनुसन्धान, लेखन, निर्देशन, निर्माण, छायांकन, सम्पादन र अभिनय जस्ता विविध विधामा प्रशिक्षण दिइने छ । प्रशिक्षण कार्यक्रममा कर्णालीका दश वटै जिल्लाका २० जनालाई सहभागिता गराइने छ । उनीहरुलाई बरिष्ठ कलाकार निर शाह, चलचित्र बोर्डका पुर्वअध्यक्ष दयाराम दाहल लगायतका प्रशिक्षकहरुले प्रशिक्षण दिनेछन् ।
कार्यक्रमलाई चलचित्र विकास बोर्डले प्रायोजन गरेको छ । अध्यक्ष खड्काले कार्यशालामा सहभागि विद्यार्थीहरुले एक सातासम्म चलचित्र सिकेर प्रयोगात्मक रुपमा चलचित्र पनि निर्माण गर्ने छने । त्यी चलचित्रलाई महोत्सवमा पनि पठाइने छ । साथै खड्काले आउने बर्षदेखि केबी इन्टरटेनमेन्टले कर्णालीको एकजना चलचित्रकर्मीले सम्मान गर्ने समेत बताए ।
संवाददाता । मङ्गलबार, जेठ ३१, २०७९ मा प्रकाशित