Karnali Media
२०८३ जेठ ३० , शनिबार

सुर्खेतमा भेटियो बर्डफ्लु, नियन्त्रण गर्न संक्रमित क्षेत्र घोषणा गरी डिस्पोजल टोली परिचालित



असार ९, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर ३ मा बर्डफ्लु भेटिएको छ ।

बिहीबार विहान वीरेन्द्रनगर नगरपालिका—३ का स्थानीय टेकराज आचार्यको पंक्षीफर्ममा रहेका टर्कीमा ‘बर्डफ्लु’ पुष्टि भएको हो ।

पशु चिकित्सकको टोली त्यो क्षेत्रमा गएर थप अनुसन्धान गरिरहेको पंशुपक्षी विकास निर्देशनालय सुर्खेतका प्रमुख प्रचण्ड खड्काले जानकारी दिएका छन् ।

बर्डफ्लु देखिए लगत्तै जिल्ला प्रशासन कार्यालयमा बसेको प्राविधिक समितिको बैठकले नियन्त्रणका लागि संक्रमित क्षेत्र घोषणा गरेर डिस्पोजल टोली परिचालन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, सुर्खेतका अनुसार पुर्वमा हरिडिलभूमि मावि जाने बाटो, पश्चिममा रानाटोलको पिच बाटो, उत्तरमा जुम्लारोड र दक्षिणमा रानाटोलको ग्राभेलबाटो भित्रको एरियालाई बर्डफ्लु संंक्रमित क्षेत्र घोषणा गरिएको छ ।


प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले पंक्षी तथा पंक्षीजन्य व्यवसायबाट संलग्न व्यवसायी तथा आम उपभोक्ताले सतर्कता अपनाउनु पर्ने बताएका छन ।

बर्डफ्लु भेटिएको फर्ममा झन्डै एक हजार ५ सय टर्की रहेका छन् ।

 

प्रकाशित मिति : २०७९ असार ९ गते बिहीबार