Karnali Media
२०८३ असार १ , सोमबार

जुम्लामा पावर हाउस भत्किदा तीन आमाछोराको मृत्यु



असार ३१, सुर्खेत । जुम्लाको हिमा गाउँपालिका-१ आचार्यलिहीमा भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा एकै घरका ३ जनाको मृत्यु भएको छ ।

गए राति करिब २ बजेको समयमा भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउसमा पानीको बहाव बढि भई पावर हाउस भासिँदा ३ आमाछोराको मृत्यु भएको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले जानकारी दिइन् ।


घटनामा मृत्यु हुनेमा पावर हाउसमा कार्यरत चौकीदार गोरकबहादुर रावतका ३० वर्षीया श्रीमती विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत रावत र ४ वर्षीय सूर्य रावत रहेका छन् । थप क्षतीको विवरण संकलम भैरहेको प्रजिअ प्रसाईको भनाई छ ।

पावर हाउसभित्र सुतिरहेको अवस्थामा उनीहरुको मृत्यु भएको र उनिहरुको बिहान करिब ४ बजे शव निकालीएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०७९ असार ३१ गते शुक्रबार