३२ असार, दैलेख । गुराँस गाउँपालिकामा करार कर्मचारीलाई हटाएपछी हिजो भएको आन्दोलनको सत्य, तथ्य बुझ्न छानबिन समिती गठन भएको छ ।
आज बसेको सर्वदलीय बैठकले छानबिन समिती गठन गरेको हो । छानबिन समितिको संयोजनमा नेपाल सरकारका उपसचिव ज्ञानमणी नेपाल रहेका छन् । यस्तै छानबिन समिती सदस्यमा जिल्ला समन्वय समिती दैलेखका जिल्ला समन्वय अधिकारी भक्त बहादुर मल्ल, राष्ट्रिय अनुसन्धान बिभागका प्रमुख अनुसन्धान अधिकृत दिल बहादुर चौधरी, नेपाल पत्रकार महासङ्ग दैलेखका अध्यक्ष यज्ञराज थापा, जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र थापा रहेका छन् । छानबिन समितिले १५ दिनभित्र घटनाको सत्य,तथ्य छानबिन गरि प्रतिबेदन बुझाउनेछ ।
यस्तै शुक्रबारको आन्दोलनमा घाईतेको उपचार खर्च गुराँस गाउँपालिकाले बेहोर्ने निर्णय पनि गरेको छ । पालिकाले उपचाररत घाईतेहरुको शिघ्र स्वास्थ लाभको कामना गर्दै पालिकाले नि:शुल्क उपचार गर्ने निर्णय गरेको हो ।










