७ साउन सुर्खेत । आज विवेकशील साझाका कर्णाली प्रदेश संयोजक गेहेन्द्र दाहालले पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन् । उनले पार्टी प्रवेश गरेपछि सुर्खेत सभाहलमा एमालेको कार्यक्रमलाई सम्बोधन गर्दै लोकतान्त्रिक गणतन्त्रको विकल्प लोकतान्त्रिक गणतन्त्र मात्र हो भन्ने उदेश्यले समाजवाद बोकेको पार्टी नेकपा एमालेमा प्रवेश गरेको बताएका छन् ।
उनले भने, “मैले आजबाट हृदय खोलेर पहिलो पटक भन्दै छु, पुजिबादी व्यबस्थाको विरुद्धमा लालसलाम !” आफ्नो बिद्यार्थी कालदेखिको विभिन्न समयका अनुभबहरु सम्झदै उनले भने, “नेपालको राजनीति परनिर्भरमा केन्द्रित भएको छ । म पदको लोभी हैन पद प्राप्त गर्नु ठूलो कुरा हैन । स्वतन्त्र मेयरको उम्मेदवारी दिदा तपाईहरुले दिएको मत नै मेरो राजनीतिको सबैभन्दा ठूलो उपलब्धि हो । म जहाँ छु तपाईहरुको कारण छु । समाज बनाउन हामी सबै मिल्नुपर्छ ।”
जहाँ अन्याय हुन्छ त्यहा विद्रोह हुन्छ भन्दै कर्णाली प्रदेश अभाब र गरिबिको बिचमा छ नेतृत्वमा हुदा हाम्रा विरुद्ध बिद्रोह हुन सक्छ भन्ने कुरा नेतृत्वमा हुदा बुझेनौ भने अर्को वालेन्द्र जन्मने स्थिती नआउला भन्न सकिन्न । दलहरु बीचको वितृष्णा दलहरुले गरेका विभिन्न क्रियाकलापले आएको हो । अब हामिले सिङ्गो समाज हेरौ, खान नपुग्ने गरिबको घरमा आगो बल्यो बलेन भनेर हेर्यौ भने कम्युनिस्टहरु संसारमा आगाडी बढ्ने छन । ‘लिन हैन दिन लागौ’ भन्दै जुन दिन काँग्रेस त्याग गरेर स्वतन्त्र रोजे र त्यसपछि विवेकशील रोजे तब म समाजवादी विचारमा लागेको उनले बताए ।
कर्ममा विश्वास गर्ने र लागि पर्ने म अब कर्णालीमा समाजवादी बिचारको राराभन्दा सुन्दर ताल बनाउन लाग्ने बाताए ।
संवाददाता । शनिबार, साउन ०७, २०७९ मा प्रकाशित