सुर्खेत । कर्णाली प्रदेश जडिबुटी तथा खनिज जन्य औषधीमा धनी र समृद्धी प्रदेश हो । यो प्रदेश ३८ देखी माइन्स २० डिग्री सम्मको तापक्रमको विचमा रहेकोले धेरै जैविक विविधता पाईन्छ । यहाँ ५०० भन्दा वढी प्रजातीका जडिबुटीहरु पाईने जसमा २०० भन्दा बढी सुगन्धित जिडबुटी तथा १०० भन्दा बढी जडीबुटीहरुको बाषिक निर्यात हुन्छ । बहुमुल्य यार्शागुम्बा, शिलाजित ,जटामासि लोठसल्ला, पदमचाल, सतुवा आदिको संकलन क्षेत्र हो । जस मध्ये कर्णालिको हावा पानीमा हुने एक महत्वपूर्ण जडिबुटी केशर पनि हो ।
केशर एक सुगन्धित जसको अग्रेजि नाम कबााचयल र बनस्पतिक नाम क्बााचयल कबतष्खगक हो । संसारको एकदमै दुर्लभ र महँगो जडिबुटी मध्ये एक हो । यसको मूल उत्पती दक्षिण युरोपमा भएको हो । हाल बिश्वको सबैभन्दा बढी उत्पादन हुने देश इरान हो । यो मौरिले उत्पादन गर्ने ‘रोयल जेलि’ भन्दा पनि महँगो छ । यार्सागुम्बा , पाँचऔले र शिलाजित जत्तिकै महत्त्वपूर्ण छ । यसको १,७०,००० केशर पुष्प . १०० किलोग्राम . १ किलोग्राम केशर उत्पादन हुन्छ । धेरै मिहेनत र लगाब हुनुपर्छ । फुलको एन्थर नजिकै हुने रातो केशरलाई झिकेर पानीको मात्रा हटाएर शिशाको बाकसभित्र राखिन्छ ।यसको बाँकी रहेको अन्य भागलाई र केशरको टुक्रालाई सिधै चिया , दूध वा मन तातोपानीमा राखेर प्रयोग गर्न सकिन्छ । केशर को खेति यूरोपबाट सुरु भएता पनि नेपालको विभिन्न भू भागमा यसको खेति सुरु भएको धेरै वर्ष भै सक्यो ।
दक्षिण यूरोपमा बढी फल्ने केशरको माग दिन प्रतिदिन बढ्दो क्रममा छ विश्वकै महँगो र दुर्लभ कृषि उपज मानिने र प्रति के।जि १० लाखमा बिक्री हुने केशर नेपालमा भने पर्याप्त मात्रामा उत्पादन भएको पाईँदैन । नेपालको पछिल्लो तथ्याङ्कका अनुसार ७ देखि १० केजि सम्म मात्रै यसको उत्पादन भएको पाईन्छ । विश्वमा केशरको खेती गर्दै आएका देशमा स्पेन, फ्रान्स, इटाली, ग्रीस, टर्की, भारत, चीन र जापान रहेका छन्।
केशर फूल (भिम बहादुर रोकायाको केशर खेति जुम्ला)
भारतको जम्मू र काश्मिरका चार जिल्लाहरू (पुलवामा, बुडगाम, श्रीनगर र किश्तवार)मा केशर खेती गरिन्छ । यी चार मध्ये, पुलवामा जिल्लाको पाम्पोरले आफ्नो उत्कृष्ट गुणस्तरको केशर खेतीका लागि कश्मीरको ‘केशर सहर’ को उपाधि कमाएको छ । यस क्षेत्रको माटोको गुणस्तर खेतीका लागि अत्यधिक उपयुक्त छ र यहाँ आफ्नो सुगन्ध, रंग र आयुर्वेदिक गुणका लागि परिचित बहुमूल्य ‘काश्मिरी केशर’ उत्पादन हुने गर्दछ। काश्मिरको ग्रीष्मकालीन राजधानी श्रीनगरबाट १४ किलोमिटर टाढा पाम्पोर क्षेत्रमा हजारौं हेक्टर जमिनमा लगाइएको रैथाने फूल केशरको खेतीमा थुप्रै परिवारहरू संलग्न छन् । यो फूलको रातो धागो सावधानीपूर्वक टिपिन्छ र विशेष गरी महिलाहरूले यो काम गर्ने गर्दछन् । केशर विश्वभर महँगो मूल्यमा बेचिन्छ । पाम्पोर क्षेत्रका करिब ३,००० परिवार केशर खेतीमा संलग्न छन्। क्रोसिन नामक रसायनको प्रचुरता हुने भएकाले यहाँको केशरलाई उच्च कोटीको केशरको रूपमा लिइन्छ। क्रोसिनले केशरलाई यसको गाढा रंग र आयुर्वेदिक गुण प्रदान गर्दछ । यहाँको केशरमा करिब ८.७२ प्रतिशत क्रोसिन हुन्छ भने ईरानी प्रजातिको केशरमा ६.८ प्रतिशत क्रोसिन पाइन्छ ।
नेपाल र कर्णालि प्रदेशमा केशर खेतिको इतिहास
नेपालमा केशर खेतिको इतिहास बि.सं २०१९ सालमा टिष्टुङमा परिक्षण गरेर सफल भएपछी सुरु हुन्छ । केशर नेपालको हिमाली जिल्ला डोल्पा देखि लिएर हुम्ला , जुम्ला , मुगु हिमाल पारिका जिल्ला मनाङ , मुस्ताङ र पुर्बी जिल्ला ताप्लेजुङ र सोलुखुम्बु लगाएत अन्य जिल्लामा खेती हुन्छ । २०१९ सालमा मकवानपुरको टिष्टुङमा खेती परिक्षण गरिए पनि २०४० सालमा तत्कालिन महाराजाधिराज सरकारबाट जुम्लामा केशर खेती गर्न निर्देशन दिएको पाइन्छ । २०४४ सालमा जुम्ला र डोल्पामा र २०४६ र २०४७ सालमा ललितपुरको गोदाबारीमा केशरको परिक्षण खेती गरिएको थियो । अत्यन्तै दुर्लभ र महँगो जडीबुटी मानिने केशर ९स्याफरोन० को जुम्लामा व्यावसायिक खेती सुरु गरिएको छ ।
चन्दननाथ नगरपालिका–८ रोकायावाडामा २०५५ साल देखी सहलम्ब संस्थाको सहयोगमा भिम बहादुर रोकायाले ६ रोपनी जग्गामा केशर खेती तथा उत्पादन उद्योगले केशर खेतीको व्यावसायिक उत्पादन सुरु गरेका छ । काठमाडौँमा पर्यटन व्यवसायमा लामो अनुभव बटुलेका रुकुमका शरद मल्ल र जुम्लाका व्यवसायी गोविन्दबहादुर शाहीले संयुक्त रूपमा केशरखेती सुरु गरेका हुन् । करिब छ रोपनी क्षेत्रफलमा रु ६१ लाख ५६ हजार ११४ को लागतमा रहेको यो खेतीका लागि उच्च पहाडी कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार (हिमाली) आयोजनाले ८० प्रतिशत अनुदान रकम दिएको छ । यसका साथै जुम्ला डोल्पा मुगुमा अन्य स्थानियले पनि केशर खेतीको व्यावसायिक उत्पादन सुरु गरेको छ ।
केशर खेती गरिएको जमिनमा ढकमक्क फूलेका फूल
केशरमा पाइने प्रमुख रासायनिक तत्व
क्रोएसिन, लाइकोजिन, सेफ्रानिन, पोलिक्रोआइट, पिक्रोक्रोसिन
केशर खेतीको लागि उपयुक्त हावापानी
नरम हावापानी (धेरै गर्मी र धेरै जाडो नहुने हावापानी) थोरै मात्रामा हिउँ पर्ने तुषारो पर्ने ठाउँ १५०० देखि २५०० मिटर सम्म उचाइ ,वार्षिक सरदर २०० सेन्टिग्रेड भन्दा माथि हुँदैन वार्षिक सरदर ३५० सेन्टिग्रेडमा मर्छ । केशर खेतीको लागि उपयुक्त माटो पानी नजम्ने, बलौटे, दोमट, अलि अलि क्षारयुक्त अत हावा पानी र माटोको गुणले कर्णाली मा यो खेतिको उतम सम्भावना देखिन्छ ।
केशर खेतीगर्ने तरीका र उत्पादन परम्परागतः नखनेर जमिनमा नै राखीरहने । आधुनिकः पात पँहेलिन थालेपछि गाना झिक्ने, गाना भण्डार गर्ने र फेरी लगाउने । लगाउने समयः असोजमा र प्रत्येक चार वर्षमा किसानहरूले बीज परिवर्तन पनि गर्नुपर्दछ।
जग्गा तयारी १ देखि १.५ फिट गहिरो गरी जग्गा खन्ने एक रोपनीमा ४० डोको गोठेमल राख्ने ३ फिट चौडा भएको व्याड तयार गर्ने । व्याडको लम्बाई ठाउँ हेरी बनाउने । व्याडको उचाई ६ इन्च जति बनाउने एक रोपनीमा नाइट्रोजन, फास्फोरस र पोटास ५ के.जि. राख्ने किराको प्रकोप भएमा मालाथिन पाउडर छर्ने । तयारी गाना ग्रेडिङ गर्ने गानामा अनावश्यक टुसाहरु आउने दिने ठूला टुसाहरु राखी अरु टुसा फाली दिने । फुलाउने साइज हेरी २०–३० ग्रामको गानामा दुईवटा राख्ने ।
व्याडमा फुलाउने व्याडमा फुलाउनः २ इन्च जति लामा टुसा भएमा गाना जमिनमा लगाउने ।
लगाउने तरीका गानालाई एक घण्टासम्म वेमिस्टिनको झोलमा डुबाउने लहर देखि लहरको दुरी १५ से.मि. (६ इन्च) गाना देखि गानाको दुरी १० से.मि. (४ इन्च) गहिराई १० से.मि. (४ इन्च) लगाइसकेपछि परालले छोपिदिने ।
फुल टिप्ने वाली संकलनः १५ दिनपछि फुल फुल्छ विहान शित ओभाएपछि फुल टिप्ने
सुकाउने विधि पानीको मात्रा हटाउनको लागि शिशाको बाकस भित्र सुकाउने ।
कसरी सुकाउने मैन कागजमा फुल राख्ने शिशाको कभर भएको काठको बाकस भित्र फुल राखेको मैन कागज राख्ने २–३ घण्टासम्म यसरी सुकाउने ।
उत्पादन एउटा फुलमा १०–१५ मि.ग्रा. केशर प्राप्त हुन्छ । एक लाख देखि १.५ लाख फुलबाट केवल एक कि.ग्रा. केशर प्राप्त हुन्छ । १ के.जि. केसर उत्पादन गर्न २५ देखि ३० ग्राम तौल भएका ७५० देखि ८०० गाना आवश्यक पर्छ ।
गाना निकाल्ने र भण्डार गर्ने पात पँहेलो भएपछि कोदालोले निकाल्ने चोट नलाग्ने गरी गाना निकाले र २–४ दिन घाम छायाँमा राखी माटो झार्ने पातको सहाराले बाँध्ने र झुण्ड्याउने चोट लागेका र रोग लागेको छुट्याउने गाना भण्डार गर्ने ठाउँ चिस्यान नभएको, हावादार, मुसाले नेभेट्ने स्थानमा गर्ने र गाना बृद्धि १.५ देखि २ गुणासम्म । गानामा लाग्ने रोग गानाको केही भाग खैरो हुने र टुसा पनि खैरो हुने हुन्छ ।
उपचार पानी जम्न नदिने चोटपटक लागेकालाई हटाउने रोग लागेकालाई हटाउने काँचा गाना नखन्ने गाना लगाउँदा उपचार गर्ने ।
केसर टिप्ने केसर टिपिसकेपछि गानाहरु फिल्डमा लगाउने चैत्र बैशाखमा गाना खनी उचित भण्डार गर्ने ।
केसर फूल टिप्दै
केशरको उपयोगिता
१. खाद्य व्यंजन खाद्य पदार्थ ,पेयलाइ रंगीन र सुगन्धित गर्न एव देव पूजा आदिमा ।
२. यो कफ नाशक, मनलाइ प्रसन्न गर्ने , मस्तिष्कलाइ बल देने , हृदय एव रगतका लागी हितकारी, तथा चिकित्सा मा यो उष्णवीर्य, आर्तवजनक, वात-कफ-नाशक र दुखाई कम गर्ने अत: पीड़ितार्तव, श्वास ,कास तथा शिर:शूलादि र यो उत्तेजक, वाजीकारक, यौनशक्ति बढाउने कामोत्तेजक, कलेजो, मस्तिष्क वा नेत्र पनि राम्रो मानिएको छ ।
३. पिसाव खुलाउने, महिनावारी नियमित गर्ने, प्रसवपछि पाठेघर सफा गर्ने, अनुहार सफा बनाउने । खासगरि कामशक्ति बढाउने केशरले सञ्जीवनी बुटीको काम गर्छ।
४. आयुर्वेदका अनुसार केशरले मानिसको कामशक्ति बढाउने, मुत्राशय, कलेजो, मस्तिष्क र आँखाको समस्या पनि हटाउने, गर्भाशयको पीडा कम गराउने, र अनियमित महिनावारी पनि हटाउने काम गर्दछ ।ल्यूकोरिया तथा हिस्टेरिया जस्ता समस्या भोगिरहेका मानिसहरुलाई पनि फाइदा गर्ने ।
५. भर्खर जन्मेको बच्चालाई दुधमा मिलाएर केशर खुवाउनाले बच्चा सुन्दर र हृष्टपुष्ट हुन्छ ।
६. यसका साथसाथै यसको प्रयोगले पुरुषको वीर्य शक्ति बढाउने, पेट सम्वन्धि विभिन्न समस्याहरु अपच, जलन, वायु विकार जस्ता रोगको समाधान गर्ने,
७. नाकबाट रगत बग्ने समस्या भएमा चन्दनलाई केशरको साथमा पिसेर निधारमा लेप लगाउनाले आँखा र मष्तिष्कमा शीतलता महशुस हुने र नाकबाट रगत बग्न छोड्ने तथा टाउको दुखेको पनि हटेर जानछ ।
८. यसैगरी बच्चाको टाउको, नाक छाती वा पीठमा लगाईदिनाले राती बच्चा राम्ररी सुत्न सक्ने ।
९. महिलाको महिनावारीको बेला दुख्ने समस्या, गर्भाशयको सुजन जस्ता समस्या देखिएमा केसरको सेवन गर्दा फाइदा हुन्छ । यसको प्रयोगले तालु खुइलिएको समस्या पनि हटेर जान्छ ।
१०. यो बौद्धिक क्षमताको वृद्धिको साथै सुत्केरी एवम् गर्भवती महिलाको खुराकको रूपमा , रोग प्रतिरोधात्मक क्षमता बढाउन , रगत सफा राख्न , तुरुन्तै स्टामिना बढाउने जस्ता कार्यको लागि प्रयोगमा आउँछ ।
कर्णालि प्रदेशमा जडिबुटिको खेति संकलन प्रशोधन र उत्पादनका समस्याहरु
१. सरकारी स्थरमा जडिबुटि फलफूल सम्बन्धि खेति,संकलन ,उपयोग बारेमा प्रदेश सरकार र सम्बन्धि निकायले आवश्यक एन कानुन नबनाउनु र बनेका कानुन को पनि परीपालन नगर्नु र नगराउनु ।
२. दक्ष जनशक्तिको अभाव जडिबुटिको प्रयोज्य अंग बारे उपयुक्त ज्ञान तालिमको कमि . खेति विस्तारका लागि र दिगोपनलाइ ध्यान दिएर सम्भावित स्थानमा सुपरजोन जोन पकेट क्षेत्र निर्धारण नगरीनु ।
३. एकै ठाउबाट पटक पटक अनियिमित अनियन्त्रित संकलन गर्नु . धेरै जैविक विविधता भएको प्रदेश । प्रदेश भित्र कति प्रजातिका वनस्पति जडिबुटीहरु छन कति सुगन्धित जिडबुटी कति जनावरबाट कति जमिनबाट प्राप्त हुने कति छन र बाषिक जडिबुटीको प्रदेशबाट निर्यात कति हुन्छ त्यसको वास्तविक लेखा जोखा र अध्ययान नहुनु ।
४. अवैज्ञानिक संकलन विधिले प्राकृतिक स्रोतहरुको लोप हुने अवस्था हुनु ।
५. आयुर्वेद तथा बैकल्पीक चिकित्सामा सरकारको अभिरुची कम स्थानीय, प्रादेशिक र संघिय सरकारहरुको चासो कम , विश्व वजारमा औषधिय गुण भएका बनस्पती जन्य उत्पादनको माग बढ्नु ।
६. केशर यर्शागुम्बा पाचऔले सतुवा शिलाजित,निरामसि ,बिखमा, जटामसि कस्तुरी आदिको भौगोलिक संकेत (जीआई) ट्याग लिन सरकार उदाशिनता देखिनु ।
७. एक विषय बहु जिम्मेवार निकाय हुनु जडिबुटीको संरक्षण ,सम्बर्धन खेति संकलन प्रशोधन उत्पादन बजारीकरण सम्बन्धि काम गर्ने कुनै एक निकाय नहुनु ।
८. यातायातको अप्ठारोपना ,भौगोलीक विकटता, अनियन्त्रीत र अनियमिता संकलन
९. दक्ष जनक्तीको सगै ,उचित र उच्च स्तरमा संकलन र प्रशोधन उद्योगको अभाव हनु ।
१०. जनचेतानाको कमी, स्टेक होल्डरहरु विच समन्वय र सहकार्यको कमी
११. जडीबुटीको ब्यवसायीक खेतीको अभाव , विभिन्न ऐन नियम र नितिहरु गर्दा असहजता .
सुझाव (कर्णाली प्रदेशलले जडिबुटी र फलफूल क्षेत्रमा अब गर्नु पर्ने काम )
– कर्णाली प्रदेशमा भएका जडीबुटी को संरक्षण सम्बर्धनको लागी लागी बिस्तृत गुरु योजना निर्माण सँगै अवश्यक प्रदेश सुहाउदो एन कानुन निमार्ण र परिमार्जन गर्ने।
– प्रदेशमा जडिबुटी तथा फलफूल सम्बन्धित काम गर्ने अलगै एउटा आवश्यकतानुरका सबै विषयका विज्ञ सहितको प्रादेशीक जडिबुटी तथा फलफूल बोर्डको स्थापना गर्ने र कार्य संचालन गर्ने
– प्रदेशमा एक प्रदेश स्तरीय जडीबुटी तथा फलफूल संकलन प्रशोधन तथा उत्पान केन्द्रको स्थापना सगै संचालन वा (PPP model) अनुसार संचालन गर्ने .
– प्रदेश स्तरीय तथा जिल्ला स्तरीय जडीबुटी हाईटेक नर्सरी तथा उद्यानहरुको निमार्ण गर्ने
–GACP मापदण्ड अनुसार जडीबुटि को खेति र संकलन गर्ने संकलक लाइ तालिम दिने । अनियमित र अनियन्त्रीत संकलन तथा निर्यातलाई नियमन गरीनु पर्ने ।
– दिगोपनमा आधारीत संरक्षण सम्बर्धन तथा अध्ययन अनुसन्धान र सदुपयोगका लागी
जडीबुटि खेति, उत्पादन ,संकलन, प्रशोधन, तथा बजारीकरणका पूर्वाधारहरु विकास गर्नु पर्दछ ।
– जडीबुटि संकलनको घुम्ति प्राणाली अपनाइ संकलन गरेको ठाउमा रोक लगाउने ।
–स्थानिय जैविक विविधताहरुको संरक्षण गदै बहु उपयोगी जडिबुटी उद्यान नर्सरी संकलनकेन्द्र तथा प्रशोधन केन्द्रको स्थापनामा गर्नु पर्छ ।
–प्रदेशबाट निकासी हुने जडिबुटीको र फलफूलको Standardization गरी कर्णाली Trade Mark को रुपमा अन्तराष्टिय बजारमा मान्यता लिने ।
– सामुदायिक वनहरुलाइ एकिकृत जडीबुटी खेति तर्फ उन्मुख बनाउने कार्यक्रम दिने । जडिबुटी खेति र संकलन सम्बन्धि सहकारी निर्माणका साथै अनुदान दिने व्यवस्था गर्ने ।
– स्थानिय निकाय,राजनैतिक समाज,वाणिज्य समाज ,नागरीक समाज ,संघ संस्था र सरोकारवालाहरुको साझा धारणा बन्नु पर्ने ।
- सन्दर्भ सामग्रीहरु
- डा पुन्नेश्वर केशरी आयुर्वेद तथा वैकल्पिक विभाग टेकु , कर्णालीका जडीबुटी प्रतिबेदन २०७५
- जुम्ला जिल्लाका महत्वपुर्ण जडीवुटी खेती सम्बन्धी जानकारी, प्रकाशक जिल्ला बनस्पती कार्यालय जुम्ला
- हुम्लामा पाईने जडिबुटीको सम्भावीत पकेट क्षेत्र अध्यायन प्रतिबेदन २०७३ प्रकाशक जिल्ला बन कार्यालय हुम्ला
डा. शंकरप्रसाद रिजाल
प्रमुख (प्रदेश आयुर्वेद औषधालय ,सुर्खेत)








