Karnali Media
२०८३ साउन १९ , मंगलबार

कुपिण्डे तालमा टिकटक बनाउने क्रममा चिप्लिएर एक जना बेपत्ता



१० साउन, सुर्खेत । सल्यानको कुपिण्डे तालमा टिकटक बनाउने क्रममा चिप्लिएर एक जना बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय सल्यानका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले दाङको तुलसीपुर उपमहानगरपालिका –६ का अन्दाजी ३७ वर्षीय बेद बहादुर बस्नेत बेपत्ता भएको जानकारी दिए ।

उनका अनुसार बेपत्ता भएका बस्नेत साविकको कपुरकोट गाउँपालिकाको सिनवाङ घर भई भई दाङ तुल्सीपुर उपमहानगरपालिका ६ बस्दै आएका थिए ।


‘मंगलबार दिउँसो उनी साथीहरुसँग तालको किनारमा टिकटक बनाइरहेको अवस्थामा चिप्लिएर तालमा खसेका थिए,’आचार्यले भने,‘अहिलेसम्म कुनै अत्तोपत्तो लागेको छैन् ।’ उनका अनुसार प्रहरीले खोजी कार्य जारी राखेपनि गोताखोरको टोली नभएकाले तालभित्र खोज्न समस्या भइरहेको छ ।

प्रकाशित मिति : २०७९ साउन १० गते मंगलबार