सुर्खेत, साउन २१ । नेकपा एमाले सुर्खेतले प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई विजय बनाउन आव्हान गरेको छ ।
सुर्खेतमा आज बसेको नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी (क्षेत्र न.२) को बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले भाद्र पहिलो हप्ता सम्म पालिका कमिटी बैठक गर्ने, भाद्र २० सम्म वडा कमिटीका बैठक तथा प्रशिक्षण कार्यक्रम गर्ने, पार्टी सदस्यता नवीकरण गर्न निर्देशन गर्ने साथै समन्वय कमिटीको सचिवालय टिम गठन गर्ने लगाएतका निर्णय गरेको नेकपा एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिए ।
नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कडेलले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा एमालेलाई जिताउन सम्पुर्ण पार्टी पंक्तिहरुलाई आग्रह गरेका छन् ।
संवाददाता । शनिबार, साउन २१, २०७९ मा प्रकाशित