Karnali Media
२०८३ साउन २२ , शुक्रबार

कौशिक गोत्रीय रेग्मी बन्धु समाजको जिल्ला भेला सम्पन्न



२१ साउन, सुर्खेत । कौशिक गोत्रीय रेग्मी बन्धु समाजको सुर्खेत जिल्ला कार्यसमिति भेला सम्पन्न भएको छ ।


रेग्मी समाजको विस्तार र विकासका सङ्गै रेग्मी समाज बीचका विभिन्न गतिविधिहरुबारे छलफल गर्न साना किसान सहकारी संस्थाको हलमा भएको कार्यक्रममा कौशिक गोत्रीय रेग्मी बन्धु जिल्ला कार्यसमिति सुर्खेतका अध्यक्ष चीत्र प्रसाद रेग्मीको अध्यक्षतामा भएको थियो ।उक्त कार्यक्रममा कौशिक गोत्रीय रेग्मी बन्धु समाजका कर्णाली प्रदेश अध्यक्ष दुर्गा रेग्मी लगायत रेग्मी समाजका वरिष्ठ व्यक्तिहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन रेग्मी समाजका सक्रिय युवा नारद प्रसाद रेग्मीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ साउन २१ गते शनिबार