३१ साउन, सुर्खेत । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको आङ्गिक कलेजको रुपमा रहेको कृषि तथा स्रोत व्यबस्थापन कलेज दुल्लु नगरपालिका–१३ दैलेखमा करिब १ बर्षदेखि कक्षा सञ्चालन भैरहेका छन् । अहिले देशका बिभिन्न ठाउँबाट बिद्यार्थीहरु दुल्लु आएका छन् । कतिपय भौतिक संरचनाहरु निर्माणकै अवस्थामा रहदा बिद्यार्थीलाई भने बिभिन्न अभाबले पिरोलिरहेको छ ।
आवश्यक प्रयोगात्मक मैदान, प्रयोगशाला, पुस्तकालय र बिद्युतको अनियमितता र १ जना मात्र स्थाई शिक्षकको भरमा बिधालय संचालन भैरहदा पढाईको गुणस्तर र आफ्नो भबिष्य देखेर बिधाथीहरु चिन्तित छन् । प्रयोगात्मक अभ्यास गर्नको लागि प्रयोगशालामा केही पनि सामाग्री नहुदा गुणस्तरीय शिक्षा पाउन नसकेको बिद्यार्थीहरु बताउछन् ।
उक्त क्याम्पसमा घेरबार समेत बनेको छैन जसले गर्दा बिधार्थीहरुले गरेको प्रयोगात्मक खेतीहरु पनि बिभीन्न पशु चौपाँयहरुले खाने गरेको गुनासो बिधार्थीहरुको छ । एक शिक्षकले ६ महिनासम्म पढाउनुपर्ने बिषय एक हप्तामै सकाउने, गुणस्तरीय पुस्तकालय नहुदा र भएको पनि बिधार्थीले खाजेको बेला पुस्तक लिन नपाउने जस्ता समस्या नै समस्याले कृषि क्याम्पस चलिरहेको कर्णाली मिडियालाई बिधार्थीहरु बताउँछन् ।
यसो त कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको आङ्गिक कलेजको रुपमा रहेको कृषि तथा स्रोत व्यबस्थापन कलेज दुल्लुमा अहिले एक जना मात्र स्थाई कर्मचारी रहेका छन् । विश्वविद्यालय अनुदान आयोगको एक अध्यान अनुसार कृषिको आङ्गिक कलेजलाई स्थाई कम्तिमा ३० जना शिक्षक र ६५ जना कर्मचारी आवश्यक पर्ने तथ्यांक छ । अहिले यो क्याम्पसमा शिक्षकहरु खोजेर पढाउनुपर्ने अवस्था छ।
क्याम्पस संचालनको सुरुवाती चरणमा रहेकोले बिधार्थीलाई थुप्रै समस्या रहेको र तिनको समाधानमा आफु सकारात्मक भएको विश्वविद्यालयका उपकुलपति पुण्य प्रसाद रेग्मी बताउछन् । उनले भने, “भौतिक संरचनामा स्थानिय सरकारले महत्वपूर्ण भुमिका खेलेको र अझै कतिपय संरचनाहरु निर्माण भैरहेको साथै पहाडि भु–भागका कारण बर्षाको बेला प्रयोगात्मक पिल्ड लगायतमा क्षति पुर्याएको छ । यस्तै क्याम्पस प्रमुख नहुदा बिधार्थी र प्रशासन संचालनमा धेरै असहज भएकोले १–२ दिनमै क्याम्पस प्रमुख नियुक्ती गर्ने, र आवश्यक पर्ने कर्मचारीहरु तत्काल पठाउने उनको भनाई छ । बिधुतका कारणले बिधार्थीले प्रयोगात्मक कक्षा लिन नपाएको समस्या समाधान गर्न सुर्खेतदेखि नै छुट्टै बिधुत लाईन लिनको लागि बिभिन्न प्रयासहरु गरीरहेका छौं,”
नेपाल सरकारसङ्ग कम्तीमा न्युनतम कर्मचारी माग गरिएको र यसमा सकारात्मक रहेकोले केही दीर्घकालीन रुपमा कर्मचारी तथा शिक्षक अभाव लगायतको समस्या समाधानमा निकै संवेदनशिल भएर समस्या समाधान गर्न लागेको र तत्काल अल्पकालीन समाधानमा लाग्ने र वर्षा पछि छात्रावास निर्माणको काम पनि अगाडि बढ्ने साथै बिधार्थीका मागहरु जायज छन् र यिनको समाधानमा सधै सकारात्मक रहेको उपकुलपति रेग्मी बताउछन् ।
अहिले एकजना शिक्षक पुर्ण लामिछाने स्थाई नियुक्तिमा र प्रोजेक्ट कोर्डिनेटर दिनेश मरासैनी मात्र क्याम्पसमा रहेका छन्।
दुल्लु नगरपालिकाका नगरप्रमुख भरत रिजालले क्याम्पसमा विभिन्न भौतिक संरचना निर्माण कार्य भैरहेको र नगरपालिकाले आफुले गर्ने कार्यमा कुनै कमि नराखेको बताए । कर्णाली मिडिया सङ्ग कुरा गर्दै उनले भने “क्याम्पस संचालनको काम केन्द्रिय क्याम्पसबाट भैरहेको र अहिले नगरपालिकाले बिधालय भौतिक संरचना लगायत अन्य कामहरु भैरहेको छ ।” साथै आगामी दिनमा क्याम्पसले नगरपालिकाले गर्न सक्ने सहयोग गर्न तयार रहेको बताए ।
संवाददाता । मङ्गलबार, साउन ३१, २०७९ मा प्रकाशित