Karnali Media
२०८३ साउन ११ , सोमबार

प्रचण्ड भन्छन्, ‘एमालेसँग कुनै प्रकारको तालमेलको सम्भावना छैन’

प्रचण्डले चितवन-३ बाट चुनाव लड्ने


सुर्खेत। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग कुनै प्रकारको तालमेलको सम्भावना नरहेको बताए छन्। आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा सफलता हासिल गरिने बताए ।

गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक पुगेको भन्दै क्षेत्र र प्रदेश तोकेरै भागवण्डा मिलाउने तयारी भइरहेको उनको भनाई छ । गठबन्धनभित्र बाहिर चर्चा भएजस्तो कुनै विषयमा असहमति नभएको दाबी गरे । सो क्रममा प्रचण्डले आगामी निर्वाचनमा चितवन-३ बाटै चुनाव लड्ने बताए । नेकपा (एकीकृत समाजवादी)सँग एकताको प्रयास भइरहेको भन्दै प्रचण्डले निर्वाचनमा एउटै घोषणा पत्र आउन सक्ने संकेत गरे ।

आज प्रचण्ड सुर्खेत आउँदै


यो पटक प्रतिनिधि र प्रदेश दुबै सन्तुलित तालमेल गरिने भन्दै प्रचण्डले कर्णालीमा माओवादी केन्द्रको सरकार बनाउने गरी तयारी भइरहेको बताए ।

प्रकाशित मिति : २०७९ भदौ १७ गते शुक्रबार