सुर्खेत । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ को वडा सदस्यमा निर्वाचित भएका सबिन चालिसे वीरेन्द्रनगरमा सबैभन्दा कान्छो जनप्रतिनिधी भनेर पनि चिनिन्छन् । चालिसे २०५३ साल चैत २२ गते बर्दिया साविकको गोला गाविस र हालको गेरुवा गाउँपालिकामा जन्मेका हुन् । उनको बालयकाल भने वीरेन्द्रनगर सुर्खेतमा नै बित्यो ।
वीरेन्द्रनगरको वाल मन्दिरमा कक्षा ५ सम्मको प्राथमिक शिक्षा लिएका उनले कक्षा ६–१२ सम्म जन नमुना माध्यामिक विद्यालय सुर्खेत र अहिले उच्च शिक्षाका लागि मध्यपश्चिम विश्वविद्यालयमा अध्यानरत छन् । सानै उमेरदेखि नेतृत्त्व लिन रुचाउने चालिसे विद्यालयमा पनि कक्षा तथा समुहको नेतृत्व लिने गर्दथे, उनले भने, “विद्यालयमा हुने सदनको क्याप्टेन हुदा नै नेतृत्व गर्नुपर्छ भन्ने भावनाको विकास भएको हो ।” तर उनको औपचारीक राजनितीको सुरुवात भने मध्यपश्चिम विश्वविद्यालय पढ्दा देखि नै सुरु भएको थियो। उनि पहिलो बर्षमा नै नेपाल विद्यार्थी संघमा आवद्ध भएका थिए । जुन उनका लागि राजनितीको जग बन्यो ।
स्थानीय निर्वाचनमा चालिसे
विद्यार्थी राजनीति सङ्गै उनी २०७७ भदौ १३ गते विपि कोईराला युवा नेतृत्व विकास मञ्च सुर्खेतको अध्यक्ष जिम्मेवारी पाएका थिए । जुन जिम्मेवारीमा उनी अहिले पनि छन् । “राजनिती र शिक्षा एक अर्काका परिपुरक हुन त्यसैले राजनितीको मुख्य उदेश्य समाजसेवा र समाजको सकारात्मक बिकास हुनुपर्ने उनी बताउँछन् । जबसम्म शिक्षा राम्रो हुदैन तबसम्म राजनिती पनि असफल हुन्छ । अबको युगमा हरेक राजनितीज्ञ हरेक क्षेत्रबाट शिक्षित हुनुपर्छ । एक समय थियो जब जनताले हरकोहीलाई सहजै विश्वास गर्थे अब त्यो समय रहेन, जनताले पुराना नेताहरुको विकल्पमा रुपमा शिक्षित युवाहरुलाई अघि सारेको र युवाहरु पनि सफल भएका छन् ।” उदाहरण दिदै उनी भन्छन् ।
स्थानिय निर्वाचनमा टिकट कसरी पाँउनुभयो ?
विद्यार्थी राजनिती आफुले पुर्याएको योगदान र सक्रियताले नै पार्टिले आफुलाई अघि सारेको हुनसक्ने बताउदै, विधार्थी राजनितीबाट आएको व्यक्ति सक्षम हुने, स्पष्ट भिजन हुने, हरेक परिस्थितीलाई सामान गर्नसक्ने साथै पछिल्लो समय युवाप्रति समाजमा देखिएको जनविश्वास र आफ्नो सामाजिक तथा राजनैतिक योगदानका आधारमा स्थानिय निर्वाचनमा टिकट पाएको र जितेको कर्णाली मिडियासंगको अन्तर्वार्तामा वडा सदस्य चालिसेले बताए ।
कोभिड महामारीमा सेनिटाईजर वितरण गर्दै
विद्यार्थी राजनितीसंगै चालिसे युवा व्यावसायी पनि हुन । २०६० सालबाट उनका बुबाले सुरु गरेको व्यावसायलाई उनी आफैले भण्डै ६–७ बर्षदेखि सञ्चालन गरिरहेका छन् । राजनिती सँगै हरेकले आफ्नो दैनिकी पनि गर्नुपर्ने उनको भनाई छ ।
पछिल्लो समय पैसा, पावर भएको मान्छे राजनितीमा आएको देखिन्छ तर वास्तवमा समाजको विकास गर्न पावर हैन समाजसेवा र बिकास गर्ने स्पष्ट भिजन भएका व्यक्ति राजनितीमा आउनुपर्ने उनी बताउँछन् ।
छात्रवृत्ति वितरण गर्दै
वडा प्रतिनिधी र वडाबासी हुदा के फरक पाउनुभयो ?
पहिले वडाको नागरिक मात्र थिए अहिले वडाको प्रतिनिधी भएको छु त्यसैले अब म मा मेरो घरको मात्र नभएर समग्र वडाको नै जिम्मेवारी थपिएको छ । अहिले हामी सिक्ने चरणमा छौं । पहिले नागरिक एक वडावासी हुदा वडा प्रकिया र आन्तरीक कुरा थाहा हुदैन्थ्यो र बिभिन्न समस्या तथा काम नभएकोमा धेरै गुनासो गर्थे तर अहिले आफै जनप्रतिनिभी भैसकेपछि यहाँको प्रकिया बुझ्दै जादा काम गर्न भने जति सजिलो रहेनछ जस्तो लाग्छ यदपी आफ्नो तर्फबाट हुने र सक्ने पुरा मेहनतका साथ काम गर्नेछु ।
जनप्रतिनिधी भैसकेपछि वडामा गरेका महत्वपूर्ण कामहरु
बजेट प्रकिया : वडामा रहेका प्रतेक टोलहरुलाई समेटेर बजेट निर्माण, प्रत्येक टोलको प्रमुख आवश्यकता पहिचान गरी बिभीन्न योजनाको लागि बजेट निर्माण ।
खुल्ला व्यायामशाला : वडाका नागरिकलाई स्वस्थ राख्न खुल्ला व्यायामशालाको लागि योजना बनाईरहेको र छिट्टै कार्यान्वयन हुने ।
महिला तथा युवा सिप बिकास कार्यक्रम, युवा लक्षित खेलकुद कार्यक्रम, गरीब अशक्तलाई सेवा गर्ने कार्यक्रम जस्ता लोकप्रिय कार्यक्रमहरु बनाएको उनी बताउछन् । यसो त उक्त वडामा वडाअध्यक्ष सहित सवै जनप्रतिनिधीहरु युवा छन् जसले गर्दा पनि वडाको बिकासमा महत्त्वपूर्ण काम हुनेमा स्थानियहरु आशावादी छन् ।
वडाको मुख्य समस्या खानेपानी भएकोले यहाँको नागरीकलाई पानी र गुणस्तरीय सडकको पहुच पुर्याउन सकियो भने धेरै ठुलो बिकास हुने वडा सदस्य चालिसे बताउछन् ।
५ बर्षमा कस्तो वडा बनाउन चाहानुहुन्छ ?
युवामैत्री वडा : वडा सदस्य चालिसेको प्रमुख योजना युवामैत्री वडा बनाउने छ । उनी भन्छन्, वडाका प्रत्येक युवालाई स्वोरोजगार बनाउने, लागुऔषध मुक्त वडा बनाउने, वडाबाट हुने प्रत्येक काममा युवाको सहभागिता बनाउने ।
छिटो छरिदो र सहज सेवा : वडाबाट प्रवाह हुने कार्यहरु छिटो छरिदो र सहज बनाउने साथै वडा र नागरीक बप्च समधुर सम्बन्ध बनाउने ।
टोल समिती परिचालन : टोलमा हुने समस्याहरु समाधान गर्न साथै वडा र नागरीक बीचको नजिक बनाउन टोल समितीलाई परिचालन गर्ने ।
‘युवामैत्री वडा र नागरीकमैत्री सेवा’ दिने चालिसेको संकल्प लिएका छन् । ‘वडा सदस्यको नाताले आफुले गर्न सक्ने काम गर्न सधै प्रतिवद्ध छु र सानासाना समस्याहरु पनि समाधान गर्न सधै लागिपरेको र समाजसेवा नै मेरो मुख्य कर्तव्य हो ।’ उनी भन्छन् ।
संवाददाता । मङ्गलबार, भदौ २१, २०७९ मा प्रकाशित