सुर्खेत । संविधानसभाबाट संविधान जारी भएको सात वर्ष पूरा भएको छ । संविधान जारी भएको अवसरमा आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा विविध कार्यक्रम गरी संविधान दिवस मनाईएको छ।
वीरेन्द्रनगरको मंगलगढीबाट सुरु भएको प्रभातफेरी कार्यक्रमको सुर्खेत सभाहलमा विशेष कार्यक्रम गरिएको थियो। कार्यक्रममा शुभकामना दिदै वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले संविधान जारी भएको ७ बर्ष भैसक्दा हक संविधान भएका हक अधिकार पूरा भए त भन्ने बहस भएको छ र हुनुपर्ने बताईन्। संघीयताताले नेपाली जनतालाई अधिकार दिएको छ। यो संविधान महिला उत्पीडनमा परेकाहरुका लागि उत्कृष्ट छ। राजनीतिक दलमा ३३ प्रतिशत महिला सहभागीता छ। तर अधिकार प्राप्त भएको छ त भन्ने प्रश्न यथावत छ। तिनै तहका सरकार बने यिनले दिने सेवा प्रवाह के उत्कृष्ट छ त भन्ने प्रश्नै प्रश्नहरु यथावत छन्।
मेयर ढकालले सहिदहरुलाई सम्झदै कर्णाली प्रदेश आन्दोलनको जगबाट प्राप्त भएको प्रदेश हो। उनले भनिन, “कर्णाली प्रदेश गरिवी, बेरोजगारीको प्रदेश भनेर चिनिथ्यो अब यो अन्त्य हुनुपर्छ। यहाँ सम्भावना नै सम्भावना छ्न्। अनेक प्रश्नै प्रश्नको जगमा उभिएर हेर्दा फेरि पनि हामी खुसी छौ।” यस्तै सेवा प्रवाह गर्ने क्रममा ऐन नबन्दा धेरै बाधाहरु छन्। यद्यपि संविधान कार्यान्वयनमा सबै लाग्नुपर्ने उनले बताईन।
दिवसका अवसरमा सोमबार सुर्खेतमा संविधान दिवस मुल समारोह समितीले गरेको कार्यक्रममा प्रदेश सरकारका प्रमुख तथा प्रतिनिधि, मन्त्री, जनप्रतिनिधि, विभिन्न शाखाका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रमुख तथा प्रतिनिधि र नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सहभागीता रहेको थियो कार्यक्रममा विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन समेत गरिएको थियो।
संवाददाता । सोमबार, असोज ०३, २०७९ मा प्रकाशित