Karnali Media
२०८३ साउन ११ , सोमबार

हेलिकोप्टरबाट बीउ छर्ने भन्दै चुनाव लडेका ठकुराठीलाई साढे ३ लाख जरिवाना



काठमाडौं । स्थानीय तहको निर्वाचनमा हेलिकोप्टरबाट बीउ छर्ने एजेण्डासहित चुनावमा होमिएका डडेल्धुराका खडकबहादुर ठकुराठीलाई निर्वाचन आयोगले जरिबाना तोकेको छ।

स्थानीय तहको निर्वाचनमा डडेल्धुराको भागेश्वर गाउँपालिकाका अध्यक्षका उम्मेदवार रहेका ठकुराठीलाई आयोगले खर्च विवरण नबुझाएको भन्दै ३ लाख ५० हजार जरिबाना तोकेको हो।


ठकुराठीले मंसिर ४ मा हुने निर्वाचनमा प्रदेश सभाका लागि चुनाव लड्ने समेत घोषणा गरेका छन्।

प्रकाशित मिति : २०७९ असोज ४ गते मंगलबार