Karnali Media
२०८३ साउन १९ , मंगलबार

दैलेख–१ मा एमाले नेता गोपाल नेपालीले दर्ता गराए बागी उम्मेदवारी



दैलेख । दैलेख क्षेत्र नं.–१ मा प्रतिनिधि सभाको लागि एमालेका गोपाल नेपालीले बागी उम्मेदवारी दर्ता गराएका छन्।

उनले एमाले उम्मेदवार रवीन्द्रराज शर्माविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्य छन् ।


उनको दर्ता नं.–१ रहेको छ । यो क्षेत्रमा एमालेबाट शर्मा र गठबन्धनबाट एकीकृत समाजवादीका अम्मरबहादुर थापाबीच रोचक चुनावी भिडन्त हुने देखिन्छ ।

प्रकाशित मिति : २०७९ असोज २३ गते आइतबार