आजभोलि जताततै सुनिने प्यारो शब्द बेरोजगारी हो । अनि जताततै युवाहरूले बेरोजगारी छ के गरौं ? रोजगारी पाइदैन के गर्नु त ? भन्ने मात्रै होईन, हातमा मास्टर डिग्री को सटिफिकेट बोकेर नेताका घरदैलो धाउनेको संख्या पनि कम छैन, पेशा व्यवसाय अगाल्न भन्दा सानोतिनो जागिर कै खोजीमा दिनरात भौतारिने संख्या पनि कम छैन, तर मैले करिब तीन महिनामा बेरोजगारी समस्या हो कि, प्रवृत्ति भयो भनेर खोज अनुसन्धान गर्ने जमर्को गरेको छु ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई सहरी क्षेत्र र आसपासका गाउँ तथा दैलेखका दुरदराजका गाउँहरू लाई गाउले परिवेशमा कार्यक्षेत्र बनाउदै गरिएको मेरो एक अध्यन ले बेरोजगारी समस्या वारे यस्तो विकराल तथ्यहरू प्रमाण स्वरूप फेला परेका छन् कि जुन सुन्दा सामान्य लाग्ने तर मुल जरोको रूपमा तिनै कुराहरू बेरोजगारी समस्या रूपमा रहेको पाईन्छ । त्यतिमात्र नभएर सानोतिनो घटनाक्रमले ठुला ठुला समस्याहरू पनि निम्तिएको पाईन्छ । जसका कारण अर्थतन्त्रमा भएको निरन्तर गिरावट तथा नेपालमा हुन नसकेको विकासका कारक तत्वहरू खोज्न धेरै टाढा जानु पर्दैन । जसलाई यसरी गाउँ र सहरी परिवेश अन्तर्गत छुट्टाछुट्टै अनुभुती पस्कने जमर्को गरेको छु ।
१) गाउँको परिवेश को व्याख्या ।
हाम्रो देश नेपाल अनि हामी स्वाभिमानि नेपाली यतिले मात्र हाम्रो व्याख्या पुग्दैन हामीले सानका साथ भन्नुपर्छ हामी इतिहासमा कहिल्यै कसैको दासत्व र गुलामी नगरेको स्वतन्त्र र स्वाभिमानी बहादुर विर गोरखाली अब हाम्रो पेशा कृषि कति सजिलो छ । भन्न र लेख्न लाई हजुरको पेशा के ? जवाफमा कृषि तर विडम्बना हाम्रा गाउहरुमा कुना कुनामा स्वाविन र चाउचाउको तरकारि खाइन्छ । अझ त्यति मात्र होइन आफ्ना घर पाहुना आउदा, बजार बाट ल्याएको वा पसलवाट ल्याएको चाउचाउ लाई उच्च स्तरको तरकारी को रूपमा लिने प्रवृति बढ्यो, एकातिर चाउचाउ छ भने अर्कोतिर डिउ मिरिन्डा, फेन्टा, कोक जस्ता पेय पदार्थहरु उतिकै मात्रामा छन् । चोक को पसल मा विहान जम्माहुने आफ्नो घरको चिया मिठो नमान्ने रु. २० हालेर चिया खाने त्योपनी मैनावारि र अन्त्यमा बाह्र महिना को चियाको खर्च जोड्दा चामलको भन्दा बढी बिल आउनु, ४ जना व्यक्ति भेटिएको खण्डमा टोली पुग्यो भन्दै तास मा विहानै वाट जुटिहाल्नु, खेतीवाली मा ध्यान नदिनु, नास्ताका रूपमा चाउमिन, समोसा जस्ता अजिना प्रयोग गरेका खानेकुरामा पैसा खर्च गर्नु,
फोसा र अर्थ विहिन राजनिती गफ चुटेर नेता हरु लाई गाली ग्लोज गर्नु, सरकारि तवरबाट गरिने विकास निमाण मा उपभोक्ता समितीमा बसेर सके धेरै नसके थौरै मात्र भएपनि रकम हिनामिना गर्नु, श्रमदान को नाम मा एक मिनेट मात्र पनी समयदिन नखोज्नु, कोहि कसैको अधिन र नेतृत्व मा नरहनु जस्ता अमानविय क्रियाकलापले बेरोजगारी समस्या हो कि बनाइएको प्रवृति हो भन्नेमा शंका पैदा हुन थालेको छ । त्यतिमात्र होइन अधिकांस गरिव तथा आफुहरु लाई गरिब, पिछडा, दलित भन्न रुचाउनेहरू को व्यथा अझ फरक पाईन्छ, सके सम्म जहान परिवार हरु साना साना वालवच्चा हरु सबैलाइ खेदेर बिना भिसा बस र रेलको टिकेटमा खुल्ला सिमानाको सदुपयोग गर्दै भारत तर्फ जाने, जसका कारण १० मुरी धान को बिउ लाग्ने खेत बारी बाझै राखेर १० पाथि पनी नराख्ने घरहरू अन्धकार पारेर छोडीदिने समस्या एकातिर भने, अर्को तिर कुनै कारण वस श्रीमान् मात्र भारत गएको वा अन्य खाडी मुलुक गएको छ भने घर श्रीमति छोरा छोरी हरु ले पशु वस्तु पाल्ने वा खेति किसानी गर्ने गर्दैनन, चाउमिन पसलमा नास्ता खाता खोलेर खाने, आफ्नो खेतीपाती त गर्दैनन् अर्काको अर्मपर्ममा पनि नजाने, तोकितोकाउ चलन चल्तीको ज्यालामा पनि काम नगर्ने चलन बढेको छ ।
बरू विभिन्न महिला समुहहरु निर्माण गरी वित्तिये संस्थामा घर जग्गा अटोपास गरी पुजिवादलाई प्रत्यक्ष घरदैलोमा भित्राउनमा सहयोग पुर्याइरहेको रहेको यो विकराल अवस्थामा साच्चिकै बेरोजगारी समस्या बन्यो ? वा बनाइयो ? रोचक छन् घटनाक्रमहरू जब बाहिरबाट कमायर ल्याएको रकम घर भित्रिन्छ तव एक के.जी. मासु ले पुग्ने घर तिन के.जी. माशु ल्याइन्छ । विभिन्न आइटमका ब्रान्डेट मदिरा र अन्य चिसो को नामका पेय पदार्थ ल्याइन्छ रमझम निकै हुन्छ । ब्थडे, एनिभर्सरी डे जस्ता विभिन्न डे हुरू मनाइन्छ अनि नौं दिनकी नौंली विस दिनकी बिसौली हुँदै पुन पुरानो वाटोमा जाने समस्या गाउमा छ । यिनी र यस्ता खाले तमाम समस्या ले गर्दा गाउले जिवन वेरोजगारी समस्यामा डुबेको छ ।
२) शहरी परिवेशको व्याख्या ।
गाउँवाट बच्चा बच्ची च्यापेर होस् वा देखासिकीमा लागेर सहर पसेका सहरिया हरुको पिडा गाउको भन्दा अझ विकराल छ । एकातिर गिट्टी कुटेर पनि सहरै बसौला भनेर आएका हरू र अर्को तिर हुनेखाने वर्गहरु का विच सहरिया जिवन पछिल्लो पुस्ताहरु ले एकै नास को बनाउन खोज्दैछन् । महङ्गो फि तिरेर राम्रो पढाइ पढाउने नाममा खोलिएका निजि विद्यालय को चर्को फि को समस्या दिनप्रतिदिन बढ्दै जादा देश मा भएको महङ्गी र काला बजारी का कारण सहरमा वेरोजगारी थामि नसक्नु देखिन्छ ।
हामी एक दिन विहान घरदेखी खाना खाएर बाहिर घुम्न निस्केका थियौं । ठिक त्यसैवेला दिमागमा फुरयों अनुसन्धन कार्य को बाँकी अंश र सुर्खेतका प्रसिद्ध ठाउ बुलबुले उद्यान, देउती बज्यौं मन्दिर, शहिद पार्क, खोक्रे खोला जिरोड्याम, काक्रे बिहार करिव तिन घण्टा को अन्तरमा घुमीयो । हुनत कर्णाली प्रदेशको राजधानी सुर्खेत त्यसैमा माथि उल्लेखित ठाउहरु प्रयटकिय स्थलहरू भित्र पर्ने स्थानहरू मानिन्छन् । तैपनि म को हुँ ? कहाँ छु ? र काहाँ के छ हाल भने जस्तै हामी ३ घन्टाको समयमा सबैतिर घुम्दा कुनैठाउँ मा मान्छे सँग नछोइएर हिड्ने ठाउँ थिएन, अको रोचक प्रसंग के थियो भने उनिहरु प्राय १५ वर्ष देखी ५० वर्ष सम्मका युवायुवतिहरु नै थिय । युद्ध यात्रीहरू को भाषामा भन्नुपर्दा प्रत्यक ठाउमा १-२ डिभिजन सेना जति मानिहरु हिडिरहेका थिए, कोही बदाम खाइरहेका थिए, कोही पानिपुरि र चाट खाइरहेका थिए , कोही सिनहेरिहेरी फोटो खिचीरहेका थिए, कोही पिङ खेलिरहेका थिए, कोही मनोरम दृष्य हेरीरहेका थिए, लाग्छ त्यतीवेलाय सबै आन्तरिक पर्यटकहरू हुन्, सबै सम्पन्न छन् त्यस बखत छुट्टीमा आएका हुन तर खासमा त्यसोभने होइन उनिहरु मध्य धेरै लाइ सोध्दा हामी वेरोजगार छौं भन्ने जवाफ आउछ । अनि त्यो घटना लाई अनुगमन तथा अध्यायन गर्दा सहजै जान्न सकिन्छ कि नेपालमा वेरोजगारी समस्या बनेको होइन बनाइएको छ । एउटा सानो गाउँ र सानो सहरमा त यतिका मानिस विनाकारण श्रम विना हल्लीरहेको वा घुमिरहेका छन् भने नेपालका ७७ जिल्ला र ७ वटै प्रदेशमा हविगत यहि त होला, सहजै रुपमा अनुमान गर्न सकिन्छ। त्यसैले यसको समाधान नेता हरु लाइ गाली गरेर होइन आफै खोजौ कसैले के.पी. प्रचण्ड र सरे बहादुर लाई गाली गरेर घण्ट र शंख हल्लाउदै मा पनी यो समस्या समाधान हुदैन ।
थोरै कुरा राजनितिका कोट्याउन खोज्दै गर्दा, युवापुस्ता भनिन्छ, त्यसोगर्ने प्राय युवा पुस्तानै धेरै देखिन्छन् । त्यतिमात्र होइन, चुनावको बेला वियर वाहेक अरु खाइदैन भन्ने तर अधिपछी लोकल तिनपाने पनि नपाउने हरु आज सूर्यको झण्डा मुनी लाखैं, हजारौं देखिन्छन्, अनि भोली फेरी सूर्य छोडेर रूखमा प्रवेश गर्दछन्, त्यसैगरी पर्सि हसिया हतौडामा प्रवेश गर्दछन् । पढेलेखेका महामुर्ख विद्वान हरू चुनाव को मुखैमा टिकटका पछाडी दौडधुप गरि विचार बदल्छन् र भन्छन् हामी अब्बल छौं ।
अव अलिकति संस्कृतिक चर्चा गरौं नेपाल कुन गतिको देश त्यसैमा कर्णालि प्रदेश अझै कत्रो सुर्खेत भ्याली झनै कत्रो त्यसै सहरमा २/२ वटा रोधी घर वा दोहोरी साझ चलेका छन् । ति दोहोरी साझमा नाम चलेका पार्टीका नेता तथा कार्यकता देखी कर्मचारी हरु पनि छिरेको पाइन्छ । जुनठाउँमा बाहिर रू. २० पर्ने मालसामान रू. १०० सम्ममा वैधानिक ढगि गरी बेचिन्छ, तैपनि कुनै टेबुल कुनै दिन खाली देखिदैनन्, त्यतिमात्र होइन खाने रम्ने र रमाउने मात्र भेटिन्छन् त्यहाँ त्यो त वैधानिक कर तिरेर गरेको पेशा भयो, विडम्वना अधिकांस सेकुवा, भुटुवा कर्नर र चाउमिन पसल सम्ममा गैरकानुनी धन्दा चलेको पाइन्छ । साना होटेल देखी ठुला होटेल हुदै रोधी घर सम्म हेर्दा भर्खर गाउँवाट ११-१२ पढ्न सहर झरेका देखी प्रोफेसनल पेशामा लागेकाहरू सम्म कुरा मीले चमत्कार कुरा नमिले बलात्कार जस्ता घटनामा समावेश भएको तमाम घटना दिन प्रतिदिन मिडीया मा आएका छन्। जसका कारण नेपालमा वेरोजगारी समस्या लाई कसरी हेर्ने वा कसरि बुझ्ने अन्याले छ ।
अत: अन्त्यमा नेपालजस्तो सानो मुलुकमा यो वा त्यो ढङ्गबाट जतातै बेरोजगारी समस्या छ भन्नुको साटो सबैले आफ्नो – आफ्नो ठाउ वाट श्रममा जोडिएर आर्थिक क्रान्ति गर्ने, बाझा जमिनमा माटो परिक्षण गरी खेती आधुनिक खेती प्रणाली को शुरूवात गर्ने, आफ्नो – आफ्नो तह बाट समयको महत्व बुझेर समय खेर नफाल्ने, कसैलाई अपमान जनक तरिकाबाट नहेरी सबै लाई सम्मान जनक तरिकाले हेर्ने । रातारात धनि बन्न नखोजी परिश्रम र मेहनतमा भर पर्ने, विदेशका डलर नहेरी आफ्नै देशको सुख्का ठुलो मान्ने, २४ घण्टामा १८ घण्टा सामाजिक सञ्जालमा अनावश्यक नझुनिने, विद्यार्थी पढाइमा लाग्ने, युवा युवती श्रममा जोडिने, स्वदेशी उत्पादनमा र प्रयोग जोड दिने हो भने समस्या कतै छैन । अन्यथा फलानो ले गरेन, मैले गछु भन्ने, कित्ता बन्दी हुने हो भने देश बर्बादी तिर जान्छ र गाउँदेखी सहरसम्म पुजीवाद ले कब्जा जमाउछ। त्यसैले सबै जना सधै सकारात्मक भइ श्रम अभियानमा जोडिइ बेरोजगारी समस्याको हल गरौं । जसका का कारणले समुन्नत, समृद्ध र विवेकशील नेपाल को निर्माण भई सर्व सम्पन्न र समृद्धि हुनेछ ।
चन्द्र प्रसाद सापकोटा । आइतबार, असोज ३०, २०७९ मा प्रकाशित