Karnali Media
२०८३ असार २१ , आइतबार

सुर्खेतमा हुने पत्रकार महासंघको साधरणसभालाई राष्ट्रपतिले उद्घाटन गर्ने



सुर्खेत । नेपाल पत्रकार महासंघको यही पुस ८ र ९ गते सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने केन्द्रीय साधारण सभाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुने भएको छ।

महासंघको बिहीबार वीरेन्द्रनगरमा बसेको बैठकले यस्तो जानकारी गराएको हो । साधारण सभाको तयारी गर्नका लागि सचिवालय समेत सञ्चालनमा ल्याएको छ । बिहीबार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल सहितको टोली साधारण सभाबारे जानकारी लिनका लागि सुर्खेत आएका छन्।


वीरेन्द्रनगरको सिटी हलमा हुने साधारण सभामा देशभरका ६०० पत्रकार सहभागी हुने बताइएको छ । यस्तै पत्रकार महासंघ सुर्खेतले पनि साधारण सभाको आवश्यक तयारी गरिरहेको सुर्खेत शाखाका सचिव ललित बुढाले जानकारी दिए।

प्रकाशित मिति : २०७९ मंसिर १५ गते बिहीबार