Karnali Media
२०८३ साउन १३ , बुधबार

संसद भवन अगाडि आत्मदाहको प्रयास



काठमाडौं । संघीय संसद भवनअगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् । बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा उनले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।

उनलाई प्रहरीले उद्धार गरेर अस्पताल लगेको छ ।


आगो लगाउने को थिए र उनले किन आफैंलाई आगो लगाए भन्ने खुल्नसकेको छैन ।

प्रकाशित मिति : २०७९ माघ १० गते मंगलबार