Karnali Media
२०८३ असार १४ , आइतबार

सुर्खेत महोत्सव फागुन २ गतेसम्म संचालन हुने



सुर्खेत । सुर्खेतमा जारी दोस्रो राष्ट्रिय औधोगिक व्यापार, कृषि, नविनतम प्रविधि प्रदर्शनी तथा पर्यटन महोत्सव–२०७९ को समय थप गरिएको छ ।

शनिबार सकिने भनिएको महोत्सवको समय ३ दिन समय थप भएको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशले जनाएको छ ।

समय थप भएसंगै माघ २० गतेबाट जारी महोत्सव फागुन २ गतेसम्म संचालन हुनेछ ।


सच्याइएको
आयोजकले महोत्सव फागुन २ गतेसम्म संचालन हुने भनेपनि वीरेन्द्रनगर नगरपालिकाले समय थप नगर्ने निर्णय गरेसंगै माघ २९ गते महोत्सवको समापन हुनेछ ।

सुर्खेत महोत्सवको समय थप नहुने

प्रकाशित मिति : २०७९ माघ २८ गते शनिबार