जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गतको दोस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।
हरारेस्थित टाकासिंगा स्पोर्ट्स क्लबमा टस जितेर नेपालले अमेरिकाविरुद्ध पहिला बलिङ गर्ने निर्णय गरेको हो । समूह ‘ए’ मा रहेका नेपाल र अमेरिका दुवैले आफ्नो पहिलो खेलमा पराजय भोगिसकेका छन् । त्यसैले सुपर सिक्सको सम्भावना कायम गर्न आजको खेलमा दुवै टोली जितको खोजिमा हुनेछन् ।
यसअघि पहिलो खेलमा नेपालले जिम्बाब्वेविरुद्ध ८ विकेटको पराजय भोगेको थियो भने वेस्ट इन्डिजले अमेरिकालाई ३९ रनले पराजित गरेको थियो ।
संवाददाता । मङ्गलबार, असार ०५, २०८० मा प्रकाशित