आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले आफ्नो तेस्रो खेलमा दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग खेल्दैछ। जिम्बावेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि वेस्ट इन्डिजले पहिले ब्याटिङ गर्ने भएको छ।
नेपालले टिममा कुनै परिवर्तन गरेको छैन। अमेरिकाविरूद्ध मैदान उत्रिएको टिम नै वेस्ट इन्डिजविरूद्ध खेल्नेछ।
नेपाली टिमः कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सन्दीप लामिछाने।
संवाददाता । बिहिबार, असार ०७, २०८० मा प्रकाशित