आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनाेटमा वेस्ट इन्डिजले नेपाललाई ३ सय ४० रनकाे विशाल लक्ष्य दिएकाे छ ।
हरारेमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३९ रन बनायाे । वेस्ट इन्डिजका शाई हाेप र निकाेलस पुरनले शतक बनाए । हाेप १ सय ३२ र पुरन १ सय १५ रनमा आउट भए । बलिङतर्फ नेपालका ललित राजवंशीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।
नेपालले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ । नेपाल र वेस्ट इन्डिजले पहिलो पटक खेलिरहेका हुन् । वेस्ट इन्डिज दुई पटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्व कप च्याम्पियन हो ।
संवाददाता । बिहिबार, असार ०७, २०८० मा प्रकाशित