Karnali Media
२०८३ असार १७ , बुधबार

सुर्खेत काँक्रेविहारको जङ्गलमा जरायो मार्ने ५ जना प्रहरी नियन्त्रणमा



सुर्खेत । काँक्रेविहार संरक्षित जङ्गल क्षेत्रभित्र जरायो मारेको आरोपमा ५ जनालाई प्रहरीले जनालाई नियन्त्रणमा लिएको छ ।

जरायो मारेको गोप्य सूचनाको आधारमा प्रहरी बिहान साढे ३ बजेतिर जरायो मारेर मासु भागवण्डा गरिरहेको अवस्थामा वीरेन्द्रनगरको नयाँ गाउँ भन्ने स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।


घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता देखिएकाले पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरिएको छैन । काँक्रेविहार एक पर्यटकीय क्षेत्रका साथै संरक्षित जङ्गल पनि हो ।

प्रकाशित मिति : २०८० असार २७ गते बुधबार