Karnali Media
२०८३ जेठ २८ , बिहीबार

ललिता निवास प्रकरणमा निर्णयकर्ताको बयान नलिनु ठूलै गडबड छः रवि लामिछाने



राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास प्रकरणमा निर्णयकर्ताको बयान नै नलिई अधुरो फाईल पेश गर्न लागिएको भन्दै आपत्ति जनाएका छन् ।

ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्रीद्वय माधव नेपाल र डा। बाबुराम भट्टराईको बयान लिन आदेश दिएको थियो । तर, सिआईबीले उनीहरुको बयान अझै लिएको छैन । सिआईबीले अनुसन्धानको फाईल अदालतमा पेश गर्ने तयारी गरेको छ ।


‘सिआईबीले गैरकानुनी आदेश नसुनोस्, नमानोस्। ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल पेश नगरोस्। गृहमन्त्री ज्यु, केही त गडबड छ । ठूलै गडबड छ,’– लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : २०८० भदौ ३ गते आइतबार