Karnali Media
२०८३ असार ९ , मंगलबार

प्रहरीद्वारा रसुवामा दुई किलो सुन बरामद



काठमाडौं। प्रहरीले रसुवामा दुई किलो सुन बरामद गरेको छ ।

नियमित चेकजाँचका क्रममा चेस्ट गार्डभित्र लुकाएर ल्याएको दुई किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख डीएसपी सुवास बुढाथोकीले बताउनुभयो ।


शनिबार साँझ भएको चेकिङका क्रममा शंका लागेर चेक गर्दा टिमुरेबाट स्याफ्रुवेशी गइरहेका २४ वर्षीया सुदीप शेर्पा पक्राउ परेका थिए । उनलाई त्यो सुन टिमुरीका फुर्साङ्बु शेर्पाले दिएको पाइएपछि शेर्पालाई पनि पक्राउ गरिएको बुढाथोकीले बताउनुभयो।

बरामद सुन काठमाडौं लैजान लगिएको खुलेको छ । ‘सुन परीक्षण गरेर थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाएका छौं ‘, बुढाथोकीले भन्नुभयो ।’

प्रकाशित मिति : २०८० भदौ ३ गते आइतबार