शिक्षक मादक पदार्थ सेवन गरी विद्यालय आए सेवाबाट बर्खास्त गर्न सकिने व्यवस्था विद्यालय शिक्षासम्बन्धी विधेयकले गरेको छ ।
बुधबार संसद्मा दर्ता गरिएको विधेयकको दफा ८८ को ९ङ० मा शिक्षक विद्यालयमा मादक पदार्थ सेवन गरी आएको प्रमाणित भएमा सेवाबाट हटाउन सकिने व्यवस्था छ
विधेयकको व्यवस्थाअनुसार समय पालना नगरे, आदेश पालना नगरे, पदीय मर्यादा पालना नभए, पठनपाठनमा लापरबाही गरे स्थानीय तहले शिक्षकलाई चेतावनी दिन सक्नेछ । चेतावनी दिँदासमेत सुधार नभए नसिहत दिन सक्ने व्यवस्था गरिएको छ ।
अनुशासनहीन काम भए, अध्यापन कार्य जिम्मेवारीपूर्वक नगरे, निर्देशन पालना नगरे, अध्यापनमा ढिलासुस्ती र लापरबाही गरेमा ५ वर्षसम्म तलब वृद्धि रोक्का र बढुवा रोक्का गर्न सकिने व्यवस्था गरिएको छ ।
विद्यार्थीलाई शारीरिक वा मानसिकरुपमा दुर्व्यवहार गरेसमेत सोही कारबाही हुने विधेयकमा उल्लेख छ । बिनास्वीकृत १५ दिनभन्दा बढी समय विद्यालयमा अनुपस्थित रहेमा पनि बढुवा र तलब वृद्धि रोक्का गर्न सकिने व्यवस्था विधेयकमा गरिएको छ ।
संवाददाता । बिहिबार, भदौ २८, २०८० मा प्रकाशित