Karnali Media
२०८३ असार १८ , बिहीबार

शिक्षक आन्दोलनले यातायात अस्तव्यस्त, संसदीय समितिहरूको बैठक प्रभावित



शिक्षक आन्दोलनका कारण काठमाडौँको यातायात अस्तव्यस्त भएको छ । त्यसको असर संसदीय समितिका बैठकहरूमा पनि परेको छ ।

यातायात अस्तव्यस्त भएपछि सांसदहरु बैठकमा पुग्न नसक्दा अन्तर्राष्ट्रिय सम्बन्ध समिति र अर्थ समितिको बैठकमा गणपूरक संख्या नै नपुगेको बताइएको छ ।


अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा २४ मध्ये १० जना उपस्थित भएका थिए । यस्तै अर्थ समितिमा पनि ११ जना मात्र उपस्थित भएका थिए ।

प्रकाशित मिति : २०८० असोज ४ गते बिहीबार