सुर्खेत । नेकपा एमाले सुर्खेतले शिक्षकहरुका जायज मागहरुको सम्बोधन गर्न र विद्यार्थीहरुलाई पढ्ने वातावरणको सिर्जना गर्न सरकारसंग माग गरेको छ ।
संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक परिमार्जन गरेर मागहरू सम्बोधन गरिनुपर्ने माग राख्दै शिक्षक महासंघले बुधबारबाट काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । जसमा देशभरका विभिन्न विद्यालयहरुबाट शिक्षकहरु सहभागि भएका छन् । विद्यालयको पठनपाठन ठप्प पारेर शिक्षकहरु विभिन्न माग राख्दै आन्दोलनमा होमिदा विद्यार्थीहरुकाे पठनपाठनमा प्रभाव परेको बताउँदै नेकपा एमाले सुर्खेतले आज प्रेश विज्ञप्ती जारी गरेर शिक्षकहरुको आन्दोलनमा एक्येवद्धता जनाएको छ ।
शिक्षकहरुसंग अविलम्व वार्ता संवाद गरी शिक्षकहरुका जायज मागहरुलाई तत्काल सम्बोधन गर्न र बालबालिकाहरुको पढ्न पाउँने अधिकारलाई सुनिश्चितता गर्न नेकपा एमाले सुर्खेतले विज्ञप्ती मार्फत सरकारसंग माग गरेको छ । हेर्नुहोस् विज्ञप्तीः
संवाददाता । बिहिबार, असोज ०४, २०८० मा प्रकाशित