Karnali Media
२०८३ जेठ २५ , सोमबार

इजरायलमा मारिएका नेपालीको शव ल्याइयो



काठमाडौँ । इजरायलमा मारिएका नेपालीहरू १० मध्ये ३ जनाको शव काठमाडौँ आइपुगेको छ । इजरायलको सरकारले पहिचान खुलेका ४ जनाको शव कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावास बुझाएसँगै ती शवलाई शनिबार नेपाल पठाइएको थियो ।

चारवटा शवमध्ये तीनवटा शव काठमाडौँ आइपुगेको छ । नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी र दीपेशराज विष्टको शव आइपुगेको छ भने आशिष चौधरीको शव दिउँसो आइपुग्नेछ ।


शव नेपाल आइपुगेसँगै परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, नेपालका लागि इजरायली राजदूत हाना गोडरलगायत अधिकारीहरू पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । चौधरीको शव नेपाल आइपुगेसँगै चारवटै शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी लगिनेछ ।

प्रकाशित मिति : २०८० कात्तिक ५ गते आइतबार