Karnali Media
२०८३ भदौ २२ , सोमबार

नेपालले क्यानडासँग वामअर्प म्याच खेल्दै



काठमाडौँ। आईसीसी टी–२० विश्वकप खेल्न अमेरिका पुगेको नेपालले सोमबार क्यानडासँग वामअर्प म्याच खेल्ने भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको आधिकारिक तालिका अनुसार नेपालले एसोसिएट राष्ट्रहरू अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने तय छ। सोही तालिका अनुसार नेपालले पहिलो वामअर्प म्याच क्यानडासँग खेल्न लागेको हो।

ग्रान्ड प्रेरी क्रिकेट रंगशाला, टेक्सासमा हुने यो खेल नेपाली समयअनुसार राति ९:१५ बजेबाट शुरू हुने छ। आईसीसीले वामअर्प म्याचका लागि २७ मेदेखि १ जुनसम्मको तालिका सार्वजनिक गरेको छ। बुधबार सोही रंगशालामा नेपालले अमेरिकासँग वामअर्प म्याच खेल्ने छ।


आईसीसीका अनुसार विश्वकपअघि टेक्सासको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियम, फ्लोरिडाको ब्रोवार्ड काउन्टी स्टेडियम, क्विन्स पार्क ओभल र ट्रिनिडाड एन्डा टोबागोको ब्रायन लारा क्रिकेट एकेडेमीमा १६ वटा अभ्यास खेल हुनेछन्।

दक्षिण अफ्रिकासहित कुल १७ टिमले वामअर्प म्याच खेल्नेछन्। यी वामअर्प म्याच २०/२० ओभरको हुने छ। तर, अन्तर्राष्ट्रिय टी–२० मान्यता प्राप्त हुनेछैन। त्यसैले आफ्नो १५ सदस्यीय टोलीका सबै सदस्यहरूलाई मैदानमा उतार्न पाइने छ।

प्रकाशित मिति : २०८१ जेठ १४ गते सोमबार