सुर्खेत। सुर्खेती कलाकार प्रकाश शाहीको तिज गीत “पिर” सार्वजनिक भएको छ । चर्चित गायिका सुनिता बुढाको स्वरमा रहको भिडियो सोमबार सार्वजनिक भएको हो । गीतको भिडियो प्रकाश शाही युट्टयुव च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।
तिज गित मौलिकतामा आधारित तिजको वास्तविक पहिचान झल्काउने गरि निर्माण गरिएको छ । उक्त गितमा प्रकाश शाहीको शब्द, बरिष्ठ संगितकार गंगा के। सी। को संगित रहेको छ । यस्तै झरान सावद र धनकली शाहीको अभिनय, बिपिन आचार्यको संगित संयोजन, प्रबिन शाहीको कोरियोग्राफी, गोपाल रुचालको छायांकन र सम्पादन, अनि गितका सर्जक प्रकाश शाहीकै निर्देशनमा तयार पारिएको छ ।
गितमा पिपल चौतारी, पानीका नाउला लगायतका पुराना संस्कार र संस्कृति झल्काउने चिजहरु मासिदै गएको कुरा झल्काउन खोजिएको छ। यो गीतका माध्यमबाट तिजको मौलिकता र मर्मलाई जोगाउन खोजिएको गितका सर्जक प्रकाश शााहीले जानकारी दिए । शाहीका यस अघि पुजाको थाली, माईति देशको चुनाव, मेरो नाचो, पशुपतिमा जलरी लगायतका तिज गित बजारमा आईसकेका छन्। उक्त गितहरू अहिले पनि चर्चित छन् ।
संवाददाता । मङ्गलबार, साउन २९, २०८१ मा प्रकाशित