सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको सुर्खेत हस्पिटलमा बाल रोगको विशेषज्ञ सेवा थप भएको छ । अब नवजात शिशु तथा बालरोग सम्बन्धि सम्पूर्ण रोगको उपचार सुर्खेत हस्पिटलमा हुनेछ ।
प्रत्येक दिन बिहान ७ देखि ८ः३० बजेसम्म र बेलुका ४ देखि ५ः३० बजेसम्म बालरोग विशेषज्ञ डा. त्रिभुवन भट्टराईले विरामीको उपचार गर्ने सुर्खेत हस्पिटलले जनाएको छ ।
बच्चाहरुको दमको जाँच, बारम्बार रुघाँखोकी लागिरहने समस्या, घ्यार-घ्यार भइरहने तथा नाक बन्द भइरहने समस्या, निमोनिया तथा एलर्जीको समस्या, खाना नखाने, तौल नबढ्ने, बारम्बार ज्वरो आइरहने समस्या, झाडापखला लागिरहने, जन्डिस, अपच, कब्जिएत र पेट दुख्ने तथा कान पाक्ने लयायतका बालरोगको उपचार र परामर्श सेवा सुर्खेत हस्पिटलले थप गरेको छ ।
संवाददाता । बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित