Karnali Media
२०८३ साउन २ , शनिबार

सुर्खेतमा मोटरसाइकल दुर्घटना १ जनाको मृत्यु



सुर्खेत । सुर्खेतमा मोटरसाइकल दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका  ८ का ५० वर्षका महेश पौडेल रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सोमबार साझ साढे ६ बजेतिर दैलेखचोकबाट आउँदै गर्दा कालिनचोकमा भे ५ प ४०४२ नम्बरको बाइक दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले बताए ।

उनका अनुसार दुर्घटना लगत्तै पौडेललाई प्रदेश अस्पताल पुर्याइएको थियो ।उनलाई ८ बजेतिर अस्पतालले मृत घोषणा गरेको हो । तिव्र गतिमा रहेको बाइक गाईसँग ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति : २०८१ असोज २८ गते सोमबार