Karnali Media
२०८३ असार ८ , सोमबार

बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु



बर्दिया । बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ठाकुरबाबा नगरपालिका–७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको हो ।


ठाकुरबाबा नगरपालिका–६ को बकुवा सामुदायिक वनमा गोठालो गएका बेला उनी बाघको आक्रमणमा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले  बताए ।

प्रकाशित मिति : २०८१ पुस २८ गते आइतबार