Karnali Media
२०८३ असोज ८ , बिहीबार

गृहमन्त्रीद्वारा नेकपा एसको कार्यालय निरीक्षण



काठमाडौँ ।  गृहमन्त्री रमेश लेखकले शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा भएको तोडफोड एवं क्षतिको निरीक्षण गर्नुभएको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले क्षतिबारे गृहमन्त्रीलाई जानकारी गराउनुभएको थियो । त्यस अवसरमा उहाँले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आजै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायत नेताहरूले उक्त पार्टीको कार्यालयमा भएको क्षतिबारे जानकारी लिनुभएको थियो ।
प्रकाशित मिति : २०८१ चैत १६ गते शनिबार