वीरेन्द्रनगर । रेड पाण्डा ग्रुप अफ कम्पनीजको आयोजनामा कर्णाली प्रदेशको शैक्षिक विकासमा उल्लेखनीय योगदान पु¥याउने उद्देश्यले “कर्णाली एजुकेसन फेयर २०८२” आयोजना हुने भएको छ ।
“तपाईंको भविष्य यहीँ सुरु हुन्छ” भन्ने मूल नाराका साथ आयोजना हुने यो मेला असार ५ र ६ गते वीरेन्द्रनगर स्थित होटल शुभमा बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ ।
दुई दिने यस कार्यक्रमको प्रमुख उद्देश्य कर्णाली क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा, व्यवसायिक सीप, अन्तर्राष्ट्रिय अध्ययन अवसर तथा पेशागत सल्लाहमार्फत सक्षम बनाउनु रहेको छ । मेला मार्फत विद्यार्थी, अभिभावक, शिक्षक तथा शैक्षिक संस्था बीच सहकार्य निर्माण हुने आयोजकले जनाएको छ ।
यो मेलामा विश्वविद्यालय, कलेज तथा तालिम संस्थाहरू, छात्रवृत्ति प्रदायक र अन्तर्राष्ट्रिय अध्ययन परामर्शदाताहरू, पेशागत सल्लाहकारहरू र सीप विकास संस्थाहरूको प्रत्यक्ष सहभागीता रहनेछ ।

मेलामा करिब ८,००० भन्दा बढी विश्वविद्यालय तहका विद्यार्थीहरू, अभिभावकहरू, शिक्षक र शैक्षिक संस्थाका प्रतिनिधिहरू तथा काउन्सिलर र सीप प्रदायकहरूको सहभागिता रहने अनुमान गरिएको छ ।
रेड पाण्डा ग्रुप अफ कम्पनीजले यस मेलाको आयोजनाबाट विद्यार्थीहरूलाई उच्च शिक्षासम्बन्धी परामर्श, विशेषज्ञहरूसँग प्रत्यक्ष अन्तरक्रिया, छात्रवृत्ति जानकारी तथा सहज भर्ना प्रक्रियाको सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ ।
मेलाका विभिन्न गतिविधिहरूले विद्यार्थीहरूलाई अध्ययन, क्यारियर विकल्पहरूबारे सजग बनाउने, अभिभावकहरूलाई विश्वसनीय जानकारी दिने, तथा शिक्षकहरूलाई नवीनतम शैक्षिक संस्थासँग जोड्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
संवाददाता । बुधबार, असार ०४, २०८२ मा प्रकाशित